काली भएका कारण बलिबुड नायिका द्वय प्रियंका र सोनाम अप्ठ्यारोमा |

0
333

असार १५ काठमान्डौ | एजेन्सी – रंगभेद विश्वकै विकराल अवस्थाका रुपमा देखा परिरहेका बेला बलिउडका चर्चित कलाकारहरुले पनि यसको विभेदको स्वाद चाखेका कैयन उदाहरणहरु छन् । बलिउडमा अधिकांश सेलिब्रेटी सुटिङ तथा छुट्टी मनाउनका लागि विदेश जाने गर्दा उनीहरुले रंगभेद खेप्नु परेको सहर्ष स्विकार्छन् ।

जसको ज्वलन्त उदाहरण हुन् प्रियंका चोपडा । प्रियंकाले भनेकी थिइन् कि अमेरिकामा अध्ययनका क्रममा उनलाई क्लासमेटले ‘ब्राउनी’ भनेर बोलाउँथे । उनीहरूले ब्राउनी भन्नुको कारण उनको छालाको रङ सेतो नहुनु थियो भने सोनम कपुर पनि यसको साक्षी बनिसकेकी छिन् ।

सोनमले आफैँ यस कुराको खुलासा गरेकी थिइन् । विदेशका केही कार्यक्रममा सहभागी हुन जाँदा आफूलाई ‘ब्राउनी’ भनेर सम्बोधन गरिएको स्मरण उनको छ । गोरी नभएकाले उनलाई त्यसो भनिएको बताइन्छ । हालै वैबाहिक बन्धनमा बाँधीएकी उनी अहिले पनि घुमघामकै शिलशिलामा छिन् ।ओ एस नेपाल |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here