ओलीको यो देखाउने दाँत मात्रै रहेको कांग्रेस नेता थापाले भने |

0
422

प्रधानमन्त्री केपी शर्मा ओली आफूलाई राष्ट्रवादी नेताको रुपमा उभ्याउन चाहन्छन् । आन्तरिक विषयमा बाह्य हस्तक्षेप स्वीकार्नु सावैभौम राष्ट्रको हित विपरीत हुने उनको तर्क हुने गरेको छ । उनलाई राष्ट्रवादी नेताको रुपमा पनि आम मानिसले चित्रण गर्छन् ।

तर, कांग्रेस नेता गगन थापाले भनेको कुरा सही भने ओलीको राष्ट्रवाद हिलो लागेको महसुस गर्न सकिन्छ । ‘आफ्नो देशको आन्तरिक विषयमा भारत, चीनलगायत मुलुकहरुसँग छलफल गर्नु त परैको कुरा अझ उनीहरुलाई नै सोधेर काम गर्नु त झनै राष्ट्रघाती हुने’ ओली भन्ने गर्छन् । तर, ओलीको यो देखाउने दाँत मात्रै रहेको कांग्रेस नेता थापाको भनाइले दाबी गर्छ ।

कुरा पहिलो संविधान सभाको कार्यकालको विषयमा रहेको एक घटना हो । पहिलो संविधानसभाका सदस्य नरहेका ओलीले विघटनको संघारमा रहेको तत्कालीन संविधानसभाको म्याद थप्दा निर्वाह गरेको भूमिका सार्वभौम राष्ट्रको स्वाभिमान विपरीत देखिन्छ ।

एपीवान टेलिभिजनको तमसोमा ज्योतिर्गमय कार्यक्रममा अन्तर्वार्ता दिँदा गगन थापाले ओलीको राष्ट्रवादप्रति प्रश्न उठाएका छन् । सो अन्तर्वार्ताको २७ औ मिनेटमा गगनले भनेका छन्, ‘तत्कालीन एमालेका नेता माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा संविधानसभाको म्याद थप्न तत्कालीन माओवादीले मानेन । त्यही बेला मध्यराति १२ बज्न लाग्दा ओली संसद् भवन आए । उनले एउटा पेपर लिएर फोन गरे ।

लेखेको नेपालीमा भएपनि फोन वार्ता भने हिन्दीमा गरे । तीन बुँदामा उल्लेख भएका बुँदागत सुनाए । उता (भारत)बाट आयो ‘ठीक ठीक हे’ । एउटा बुँदालाई करेक्सन गरेर ओली भित्र छिरे । त्यसपछि तीन बुँदे सम्झौता भयो ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here