सरकारले लियो सलिनाको ज्यान |

0
588

असार १७ काठमाण्डौ | झापा बुधबारे स्थित बाल्मिकी स्कुल बाट एसईई परीक्षामा सहभागि भएकी सलिना ढकाल सरकारले रिजल्टमा गरेको प्राबिधिक त्रुटीका कारण आत्म हत्या गर्न बाध्य भईन् ।
गत शनिबार परीक्षा बोर्डले सार्बजनिक गरेको एसईईको रिजल्टमा निज ढकालले २ . ८१ जिपिए अर्थात बि ग्रेड पाएकि थिईन । आफुले सोचे अनुरुपको रिजल्ट नआएपछी निरास भएकि उनले राती बिस सेवन गरेर आत्म हत्या गरिन् ।
त्यसको भोली पल्ट बोर्डले प्राबिधिक कमजोरीले पुरै रिजल्टमा त्रुटी भएको सुचना प्रकाशित गरि रिजल्ट सच्याएका थिए । सच्याईएको सो रिजल्टमा मृतक ढकालले ३ . ७५ जीपिए अर्थात उनले सोचे अनुरुप ए प्लस ग्रेड पाएको उल्लेख छ ।
सरकारले प्राबिधिक गलति गरेका कारण एक होनहार झापाली चेली मृत्युबरण गर्न बाध्य भएको हो ।
यस्तो चरम लापरबाहि कहिले सम्म सरकार ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here