हिमालको काखमा उमा र किशोरको प्रेम : कहिँ कतै’को नयाँ गीत रिलीज (भिडियो)|

0
501

काठमाण्डौ । श्रावण २५ गते रिलीज हुने नेपाली चलचित्र ‘कहिँ कतै’को नयाँ गीत ‘यो मौसम’को भिडियो सार्वजनिक गरिएको छ । यूट्युब मार्फत सार्वजनिक यस गीतमा सचिन सिंहको संगीत रहेको छ भने थुप्देन भूटिया र मेलिना राईको स्वर रहेको छ । शब्द रचना मनोज राजको रहेको छ ।
कमल राईले कोरियोग्राफी गरेको यस गीतको भिडियोमा नायक किशोर खतिवडा र नायिका तथा निर्मात्री उमा ‘बेबी’ गिरीको अभिनय रहेको छ । गीतको भिडियोमा भारतको सिक्कीम वरपरका मनोरम हिमाली दृश्यहरु रहेका छन् ।
यो चलचित्रमा दिलीप रायमाझी, किशोर खतिवडा तथा निर्मात्री उमा ‘बेबी’ गिरीको साथमा शिवानी गिरी र सोनम बरफुङ्गपाको अभिनय रहेको छ । सिवानी र सोनमले यहि चलचित्रबाट नेपाली चलचित्रमा डेब्यू गरेका हुन् । कहिँ कतै’लाई शबिर श्रेष्ठले लेखन-निर्देशन गरेका हुन् ।
सिक्कीम स्थायि घर भएकी नव-नायिका गिरी मिस भारत र मिस हिमालयनमा फर्स्ट रनरअप भएकी थिइन् । हाल उनले अन्य दुई छायांकनरत नेपाली चलचित्रमा अभिनय गरिरहेकी छिन् ।
शिव ढकाल र बाबु श्रेष्ठको छायांकन रहेको चलचित्रलाई अर्जुन जिसीले सम्पादन गरेका छन् । द्वन्द्व निर्देशक रोशन श्रेष्ठको रहेको छ ।

भिडियो:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here