हायसका पांग्रा मुनी परेकी महिला निकैबेर छटपटाउँदै आमा आमा भनिरहिन:भिडियो |

0
438

असार १७ काठमाण्डौ | काठमाडौंको बुढानिल्कण्ठ मिलन चोकमा एउटा डरलाग्दो दुर्घटना भएको छ । बा ४ ख १८८४ नम्बरको अनियन्त्रित गतिको हायसले रोकिराखिएको स्कुटर र एक युवतीलाई ठक्कर दिएर पांग्रामुनी थिचेर अगाडि बढेको हो ।

किनारामा रोकि राखिएको बा ७१ प १८८७ नम्बरको स्कुटरलाई हायसले ठक्कर दिएको हो । सडक किनारामा रोकिराखेको स्कुटर र त्यसमाथि बसेकी एक महिलालाई अनियन्त्रित गतिमा हुत्तिदै आएको हायसले ठक्कर दिएको छ । किनाराको स्कुटरलाई ठोक्दै सडक पेटीमा उक्लिएपछि मात्रै हायस रोकिएको थियो ।

हायसका पांग्रा मुनी परेकी महिला निकैबेर छटपटाउँदै आमा आमा भनिरहिन् । स्कुटर र महिला दुबैलाई हायसको पांग्राले थिचेको थियो ।तत्कालै स्थानीयले चालकलार्इ नियात्रणमा लिएर प्रहरीलार्इ जिम्मा लगाएका छन् । सवारी चालकले स्थानीयको कुटाइ खाएका थिए । स्रोत ओ एस नेपाल बाट| भिडियो नमस्ते नेपाल टिभी बाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here