टर्टल लाउन्ज एण्ड क्लबले आयोजना गरेको फुटबल प्रतियोगितामा” जोमो र ईभिजा फाइनलको लागि भिड्दै |

0
4158

असार १७ काठमाण्डौ | बिगत ७ महिना देखि काठमाडौंमा सञ्चालनमा आइरहेको टर्टल लाउन्ज एण्ड क्लबले आयोजना गरेको फुटसल प्रतियोगिताको सेमीफाइनल खेल सम्पन्न भएको छ।

नयाँबजार स्थित रिभर फिल्ड फुटसलमा सम्पन्न भएको सेमीफाइनल खेलमा जोमो र डेजाभु आमुने सामुने भएकोमा जोमोले डेजाभू क्लब लाई ५-० गोल अन्तरले हराएको छ भने ईबिजाले रकार्श लाई ३-१ को गोल अन्तरले हराएको छ।आउँदो २५ गते कुमारी फुटसलमा हुने फाइनल खेलमा जोमो र इबीजाले एक अर्काको सामना गर्नेछन्।

खेलाडी राष्ट्रका लागि, खेल स्वास्थ्यका लागि, भन्ने मूल मन्त्रका साथ् संचालन गरिएको खेल प्रतियोगिता मा आयोजक टर्टल लाउन्ज क्लबले यस फुटसल प्रतियोगितामा आवद्ध रहेको सुलभ सर्भिस प्रा.ली. का व्यवस्थापक सालिकराम गिरी (सुलभ), सुमन भारती र कुमार धितालले आगामी दिनहरुमा पनि यस्तै प्रतियोगिताहरू सञ्चालन गरी विभिन्न नाइट क्लबहरु बीच आपसी मित्रता एबम् भाइचाराको सद्भभाव अझ बृद्धि हुनेमा विश्वस्त रहेको बताए ।
यसका लागि आयोजकले अहिले देखि नै तयारी गरिरहेको निर्मला तामाङ ले मेलोडी टिभी लाई जानकारी दीइन |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here