बहुप्रतिक्षित फिल्म ‘चि मुसी ची’को ट्रेलरः सार्वजनिक ।

0
457

असार १८ काठमाण्डौ । ‘चि मुसी ची’ फिल्मको ट्रेलर सार्वजनिक भएको छ । यसअगाडि २ गीत सार्वजनिक गरेको निर्माणटिम ले साउन ११ गतेबाट रिलिज हुन लागेको फिल्मको ट्रेलर सार्वजनिक गरेकोछ ।

फिल्ममा नायिका एलिसा शर्माका लागि नायकद्धय सुनिल क्षेत्री र सुशान्त कार्कीको टकरावलाई देखाइएको छ । नायक कार्कीलाई भने सीआइवी अफिसको भूमिकामा देखाइएको छ । यो फिल्मलाई दिनेश श्रेष्ठले निर्देशन गरेका हुन् ।
निर्देशक श्रेष्ठले हल जानु अगाडि दर्शकलाई कौतुहलता होस् भनेर थ्रीलर शैलीमा ट्रेलर सार्वजनिक गरेको बताए । एक अर्कामा हानथप हुने खेललाई सस्पेन्स शैलीमा निर्माण गरिएको ट्रेलर हेर्दा पनि वुझ्न सकिन्छ । अरुण कुमार गुरुङ, सुवास भुर्तेल, डब बहादुर गुरुङ निर्माता रहेको यो फिल्ममा शिवराज कार्की कार्यकारी निर्माताको रुपमा छन् ।

अनिल पाण्डे र प्रीन्स यूवराज यसका प्रस्तुतकर्ता हुन् । फिल्ममा शिवराज कार्की, शेखर अधिकारी, कमली वाइवा लगायतका कलाकारको मुख्य भूमिका छ । बासु न्यौपानेले खिचेको फिल्ममा भूपेन्द्र अधिकारीको सम्पादन छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here