मलेसिया सबाह राज्यको निकै लोकप्रिय मस्जिद अगाडि: गरिएको सेक्सी डान्स’को भिडियो भाइरल |

0
507

असार १८ काठमाण्डौ | मलेसियाको एक मस्जिद अगाडी दुई महिला पर्यटकले अश्लिल नृत्य नाचेको भन्दै मस्जिदमा पर्यटकको आगमनमा रोक लगाइएको छ ।
मस्जिद अगाडि टाइट कपडामा दुई युवतीले देखाएको ‘सेक्सी डान्स’को भिडियो भाइरल भएलगत्तै मस्जिदमा पर्यटकको आगमनमा रोक लगाइएको बताइएको छ ।

ती युवतीले निकै छोटो र स्किन टाइट कपडामा सेक्सी डान्स गरेपछि अहिले उक्त भिडियोले विश्वभर भाइरल रुप धारण गरिरहेको छ ।सबाह राज्यको कोटा कुनाबलूस्थित यो मस्जिद पर्यटकका बीच निकै लोकप्रिय भएका कारण यहाँ कैयौँको संख्इामा पर्यटकहरु जाने गर्दथे ।

दुई युवतीको त्यस्ते हर्कतका कारण अहिले अन्य पर्यटकहरुलाई समेत मस्जिद प्रवेशमा रोक लगाइएसँगै पर्यटकहरु मर्कामा परेका छन् ।स्रोत शिखर न्युज |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here