(बर्खे भेल बाडिमा ) सारीकाले जितेन लाई सम्झिन : भिडियो सहित |

0
1158

असार १८ काठमाण्डौ | सङ्खुवासभा मा जन्मिएकी एक प्रतिभासाली गायिका हुन मिना कार्की | गायिका मिना कार्की सानै उमेर देखी गित संगीतमा रुची राख्ने, उनि गित गाउन भनेसी फुरुक्क भैहाल्थिन्, सानै उमेर देखी गित गाउन लेख्न लय गर्न रुची भएकी उनि गाउघर र स्कुल मा हुने हरेक कार्यक्रममा गाउने गर्थिन |
पढाइ मा पनि उत्तिकै मिहिनेती मिना कार्की घरको काम सकाएर गित गुनगुनाउदै स्कुल दगुर्थिन साथीभाइ सँग अत्यन्तै मिलनसार मिना कार्की गुरुको नजरमा पनि राम्रो बिद्यार्थी थिईन |

घरपरिवार को पनि आफैले रेखदेख गर्नु पर्ने हुनाले उनले पढाइलाई लाई बि बि एस मा पुगेर रोक्नु पर्‍यो साथै संगीतको अध्ययन पनि सिक्दा सिक्दै बन्द गर्नु पर्ने अवस्था आइपर्‍यो | नेपाल मा आफ्नो भबिस्य नदेखे पछी उनि आफ्नो जन्मभुमी घरपरिवार साथिभाइ सबै छाडेर बिदेश पलाएन हुन पुगिन |

बिदेश गएर संघर्ष गर्दागर्दै पनि उनले आफ्नो गित संगीत को रुची लाई माया मार्न सकिनन र कोर्न थालिन आफ्ना मन का चाहानाहरुलाई निलो मसीले सेतो कपिको पान्नामा र लेख्न थालिन | तेही गाउको बाला पनको यादहरु र याद लाई लयमा परिनत गर्दै बनाइन गित तेही गित हो जुन अहिले बजार मा धेरै भन्दा धेरै दर्शक स्रोताको मन जित्न सफल भैरहेको छ |

( गित हो बर्खे भेल बाढीमा ) गित मा गायिका मिना कार्की ले स्कुल पढ्दाको याद गाइ बस्तु बाख्रा चराउँदाको याद लगाएत थुप्रै बिषय बस्तु समेटेर लेखेकी छिन | र यो सिजनमा उक्त गित लाई धेरै मन पराइएको छ | आफ्नो गित लाई धेरै मन पराइदिनु भएको आफुलाई अजै सिर्जना गर्ने हौशला मिलेको उनि सुनाउछिन् |

मदन खड्का को निर्देशन अनि टङ्क केसि को छायाङ्कन रहेको उक्त गितमा अहिले कि सफल मोडल सारिका के सि र जितेन छेत्रीको अभिनय हेर्न सकिन्छ | लय शब्द मिना कार्की कै रहेको छ , उक्त गितमा मिना कार्की स्वयम् कै आवाज रहेको छ | मिना कार्की संगै गायकीमा उनलाई अहिले का बेबसायिक गायक रामकुमार बस्नेतले साथ दिएका छन् |

गायक रामकुमार आधुनिक गित बाट आफ्नो कारीअर सुरुवात गर्दै लोक गित बाट दर्शक स्रोता सामु लोकप्रिय भयका गायक हुन | उनको( जिबन धराप छ) गीत बाट उनि दर्शक स्रोता माझ
लोकप्रिय भएका हुन् | गायक बस्नेत का दर्जनौ गित बजार मा रिलिज भैसकेका छन | बस्नेत अहिले तिज गित (लेउन साउनी दुइ पोका) गितका बिबादित गायक पनि हुन |

दुइ पोका दुध रेकर्डिङ मै बिबाद आएको कुरा सुन्नमा आएको छ | टिका श्री पुन र बस्नेत को आवाज मा बजार मा ल्याउन लागिएको (दुइ पोका दुध) गित स्टुडियो मै गायक बिबाद मा आए पछी उक्त गित लाई लोकदोहोरी प्रतिष्ठान ले रोक लगाएको थियो |
पछी उक्त गित लाई गायक बस्नेत ले दुइ माना बनाएर बजार मा ल्याउने तयारी गरिरहेको पनि सुन्न मा आएको छ | अहिले को गित( भर्खे भेल बाढीमा ) पनि उनको र मिना कार्कीको आवाज लाई धेरै दर्शक स्रोताले मन पराइदिएका छन |
उक्त गित मा गायिका मिना कार्की आफैले लगानी गरेकी छिन भने, भृङ्गेश्वोरी म्युजिक ले बजार ब्यबस्थापन गरिरहेको छ |
भिडियो…

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here