नवलपरासीमा गएरातीदेखी परेको पानीले ७० घर परिवार विस्थापित |

0
504

असार 18 नवलपरासी । नवलपरासीको बर्दघाट नगरपालिकामा गएरातीदेखी परेको पानीले ७० घर परिवार विस्थापित भएका छन् । घरभित्र सम्म बाढी पसेकोले अन्नपात, खाद्यान, लत्ताकपडा, पालुवा जनावरसमेत बगाएको छ । बिशेषगरी बर्दघाट नगरपालिका ३ लगुनाहाको विसई टोलमा बाढीले ठुलो प्रभाव पारेको छ ।

डुवानमा परेकाहरुलाई इलाका प्रहरी कार्यालय बर्दघाटको टोली र सशस्त्र प्रहरी बल वेसक्याम्प सेमरीको टोलीले उद्दार गरी अग्लो ठाउँमा रहेको महिला समूहको भवनमा राखिएको छ । मानविय क्षति भने भएको छैन ।

वडा नं.६ मा विद्युतटोल, शिवालय टोल र बेताहानी गाउँ डुवानमा परेको छ । जसमा २५ घरपरिवार विस्थापित भएको वडाअध्यक्ष रोहित थारुले जानकारी दिए । त्यसैगरी वडा नं। ४, १०, र १३ मा समेत डुवान भएको छ । यस्तै प्रतापपुर गाउँपालिका ३ मा धनेवा खोलाको बाँध फुटेर बाढी बस्तीमा पस्दा एक सय भन्दा बढी घर डुवानमा परेका छन् ।
वर्षाका कारण धनेवा खोलामा पानीको सतह बढेर विहान १० बजे तिरको समयमा उत्तर पश्चिमको बाँध फुटेपछि अमहवा, नन्दपुर, धनेवा, बरगदवा लगायतका क्षेत्र डुवानमा परेको प्रतापपुर ३ का वडा अध्यक्ष दिवाकर चौधरीले जानकारी दिएका छन् । अधिकांश ठाउँका सडकसमेत बगाएको खबर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here