गीतकार/ निर्देशक/ छायाँकार/ केशब बिस्वकर्माको चर्चा बढ्दो : भिडियो सहित |

0
473

असार १८ काठमाण्डौ | मान्छेमा एक प्रतिभा भएका त धेरै हुन्छन, तर एक मान्छेमा धेरै प्रतिभा भएका मान्छेहरु बिरलै भेटिनछन् त्यस्तै बहु प्रतिभा भएका मध्येमा गीतकार निर्देशक छायाँकार केशब बिस्वकर्मा पनि पर्दछन् |

केहि समय कान्तिपुर फिल्म एकेडेमीमा फिल्म मेकिङ्ग सिनेमाटोग्राफरको कोर्स गरि सकेका बिस्वकर्मा
आधा दशक समय देखि सामान्य गीत रचना गरी नेपाली सांगीतिक क्षेत्रमा प्रवेश गरेका गीतकार/ निर्देशक बिस्वकर्मा एक पछि अर्को भिडियोको निर्देशन गरि चर्चा कमाइ रहेका छन् |

भर्खरै मात्र समय सान्दर्भिक गीत (धन हुनेलाई मन नहुने) गीत आफ्नै रचना आफ्नै निर्देशन रहेको भिडियोको चर्चा सेलाउन नपाउंदै ,अर्को गीत गायक संगीतकार पुस्कर सुनुवार र गायिका सोनु श्रेष्ठ को आवाजमा सजिएको गीत (मेरो कुनै संसार छैन) को म्युजिक भिडियो मा पनि दमदार निर्देशन गरेका छन् |

बहु प्रतिभाका धनि गीतकार निर्देशक केशबलाई मेलोडी नेपाल टिभीले सोधेको प्रश्न यस्तो थियो ,केशब जी हजुरले निर्देशन पनि गर्नु भाको छ ,छायांकन पनि र गीत रचना पनि तर दर्शक स्रोताले हजुरलाई के भनेर चिन्ने ?

,यस्तो प्रश्नमा गीतकार निर्देशक केशब बिस्वकर्मा भन्छन, मेरो सुरुवात गीत रचना हो त्यस पछि छायांकन र त्यसपछि निर्देशन ,छायाँकारले निर्देशन गर्नु ठुलो कुरा हो जस्तो लाग्दैन मलाइ ,म धेरै सिक्ने क्रममै छु तर बास्तबमा म गीतकार नै हुँ |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here