मलेसियाका पूर्वगृहमन्त्री दातुक सेरी अहमद जाहिद : छानविनमा तानिए |

0
239

असार १९ काठमाण्डौ | करप्सन कमिसन (एमएसीसी) ले पूर्वगृहमन्त्री दातुक सेरी अहमद जाहिद हमिदीमाथि छानबिन थालेको छ ।

एमएसीसीले यसबारे प्रमाणहरु मागेको पार्ती इकोनोमी रक्यात मलेसियाका अध्यक्ष मोहम्मद रिज्वान अब्दुल्लाहले बताए । छलफलका लागि एमएसीसीको कार्यालय पुगेका उनले भनेका छन्, ‘पूर्वगृहमन्त्रीले विदेशी कामदारहरुको मुद्दामा आफ्नो शक्तिको दुरुपयोग गर्दै गृह मन्त्रालयलाई भष्ट्राचारको अखडा बनाएका थिए र बारिसान नेसनल सरकारको छविलाई बिगारेका थिए ।’

यसबारे विस्तृत विवरणहरु सार्वजनिक गर्दा अनुसन्धान प्रभावित हुने भन्दै उनले थप विवरण दिन चाहेनन् । ‘छलफलका लागि बोलाएकोमा एमएसीसीलाई धन्यवाद दिन चाहन्छु’ उनले भने, ‘नयाँ सरकार भष्टाचार विरुद्ध लड्न धेरै मेहनत गरिरहेको छ, एमएसीसी प्रति धेरै विश्वास जागेको छ र भविष्यमा पनि छानबीनको लागि ठोस सबुत जुटाउन मैले सहयोग गर्नेछु ।’

पूर्वउपप्रधानमन्त्री समेत रहेका रिज्वानले २१ जुनमा हमिदीविरुद्ध उजुरी दिएका थिए । रिज्वानले ‘रिहायरिङ कार्यक्रम’का लागि सरकारसँग सम्झौता गरेका तीन कम्पनीविरुद्ध पनि छानबिन गर्न एमएसीसीलाई आग्रह गरेका छन् ।

‘सम्झौता रद्द गरेर मात्रै हुँदैन’ रिज्वानले भने ‘उनीहरुले कसरी सम्झौता गरे ? टेन्डर भयो कि प्रत्यक्ष वार्ता भएको थियो वा अरुनै माध्यमबाट भन्ने छानबिन गर्नुपर्छ ।’

सरकारसँग सम्झौता गर्ने कम्पनीमा कोको राजनीतिज्ञ आवद्ध छन् भन्ने जानकारी रहेको उनले बताए ।

मोहम्मद महाथिर सरकारले रिहायरिङ कार्यक्रमलाई निरन्तरता नदिने यसअघि नै घोषणा गरिसकेको छ ।

अवैध रुपमा बसेका विदेशी कामदारहरुलाई केहि निश्चित क्षेत्रमा काम अनुमति दिने उद्देश्यले अघिल्लो सरकारले २०१६ मा रिहायरिङ कार्यक्रम सुरु गरिएको थियो । यो काम माई इजीसहित तीन कम्पनीलाई जिम्मा दिइएको छ ।तर, सरकारकै उच्च पदस्थ अधिकारीहरुले मोटो रकम लिएर यो काम दिइएको आरोप छ ।
स्रोत अनलाइन खबर |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here