गायक संगीतकार सी एल शर्माको (बदलियो मेरो जिन्दगि )दर्शक श्रोताको मन जित्दै : भिडियो सहित ।

0
503

असार 20 काठमाण्डौ । धेरै समय प्रदेस जीवन बिताएका गायक संगीतकार सी एल शर्मा संगीतमा आशा बोकेका गायक संगीतकार भन्दा फरक पर्दैन । २०६५ सालमा दिपक लिम्बुले गाएको चर्चीत गीत ” अन्मिएर तिमी चढ्ने डोली कस्को होला ” मा सङ्गीत गरी सक्नुभएका गायक तथा सङ्गीतकार सीएल शर्माले करीब ८० जती गीतमा सङ्गीत गरी सक्नुभएको छ ।

” आधा मुटु ” सहीछाप -१ र ” सहीछाप -२” गरी आफ्नो ३ तीनवटा एकल साङ्गीतिक एल्बम निकाली सक्नु भएका शर्माको आफ्नै स्वरमा सजीएका गीतहरु ” एकै नजरैले ” मुटु नै बिझाउने ” हुक्का मीठो ” जस्ता मीठा मीठा गीतहरु बजारमा आइसकेका छन ।

प्रदेशमा हुँदा पनि नेपालि गीत संगीतलाई माया गर्ने गायक संगीतकार सी एल शर्मा अहिले फेरी( बदलियो मेरो जिन्दगि) बोलको गीत मार्फत दर्शक स्रोता माझ आएका छन् । सो गीतमा शब्द संगीत स्वर गायक संगीतकार सी एल शर्माकै रहेको छ भने, गायक शर्मालाई गायकीमा चर्चित गायिका मेलिना राईले साथ् दिएकि छन् ।

सो गीतमा सर्जन बुढाथोकी र सुनिषा बजगाईं को रोमान्टिक अभिनय रहेको छ । यस गीतलाई पुस्कर सुनुवारले संगीत संयोजन गरेका छन् र यस गीतलाई निर्देशन राज केपीले गरेका छन् ! र यस गीतमा उत्सब दाहालको छायांकन,टेकेन्द्र शाह को सम्पादन रहेको छ ! यो भिडियोलाई बुढा सुब्बा डिजिटलले बजारमा ल्याएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here