खोलामा बगिरहेकी एकजना महिलाको वडाध्यक्ष द्वारा उद्धार।

0
209

असार २० लाहान । मैनाबत्ती खोलाले बगाइरहेको अवस्थामा गोलबजार नगरपालिका-३ का वडाध्यक्ष धनप्रसाद लामा लगायतले गोलबजार नगरपालिका-३ की करिब ४० वर्षीया बिना योञ्जनको उद्धार गरेका हुन् ।

गोलबजार नगरपालिका-३ को जरुवाबाट विकास निर्माणको योजना अनुगमन गरेर घर फर्किने क्रममा वडाध्यक्ष लामा बूढी जमदह खोलामा आएको बाढी तर्न नकेकेर खोलावारी नै बसेका थिए । सोही बेला बाढीले महिलालाई बगाउँदै गरेको देखेपछि गाउँलेहरुलाई तत्काल खबर गरेर महिलाको उद्धार गरेको वडाध्यक्ष लामाले बताए ।
उद्धार गरिएकी महिलाको गोल बजारमा उपचार भइरहेको छ । उनको स्वास्थ्य अबस्था सामान्य रहेको प्रहरीले बताएको छ ।

आइतबारदेखि आएको अबिरल वर्षापछि सिरहाका खोला नदीहरुमा पानीको बहाब बढेको छ ।
सिरहाको बलान कमला, खुटी, बाबुराम, बुढी जमदह, घुर्मी मैनावती, गागन लगायतका खोला बढेका कारण नदी आसपास बसोबास गर्ने स्थानीय जोखिममा छन् ।स्रोत अनलाइन खबर ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here