गायिका कोमल वलीले बल्ल भेटिन मिल्दो बर :भिडियो सहित |

0
230

असार १९ काठमाण्डौ | कोमल वली गायिका हुन् । उनको यतिमा मात्र परिचय सिमित रहँदैन् । रेडियो नेपालमा लामो समय जागिर खाएर राजनीतिमा लागेका उनी हाल राष्ट्रिय सभा सदस्य पनि हुन् । तर, ढल्कँदो उमेरसम्म पनि उनी अविवाहित छिन् ।

विवाहको लागि कहिले शिव पुकारिन् त कहिले गाँठ र आँट भएको चाहिने भन्दै गीत गाइन् । उनले बल्ल आँट भएको पाएको जानकारी दिइन् । तर, यो वास्तविक जीवनमा नभएर आफ्नो तीज गीतको भिडियोमा अभिनय गर्ने श्रीमान् पाएकी हुन् कोमलले ।

आउँदो तीजलाई लक्षित गरी ल्याउन लागेको गीतको सुटिङका क्रममा दिएको अन्तर्वार्तामा उनले आँट भएको श्रीमान पाएको बताएकी हुन् । उनी हुन् सुनिल कटुवाल । सुनिल केही टेलिसिरियलदेखि केही फिल्ममा समेत खेलेका छन् । स्रोत ओएस नेपाल |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here