रसियामा जारी विश्वकपमा राम्रो खेल खेलेर पनि विवादमा रहे : ब्राजिलियन स्टार नेयमार |

0
196

असार २२ काठमाण्डौ | रसियामा जारी विश्वकपमा राम्रो खेल खेलेर पनि विवादमा रहे ब्राजिलियन स्टार नेयमारलाई ब्राजिलियन सरकारले मौन रहन सुझाब दिएको छ । नेयमारको व्यवहारका कारण विवाद र आलोचना परेका उनलाई ब्राजिल सरकारले मौन रहन आग्रह गरेको हो ।

विश्वकपको दाबेदार मानिएको ब्राजिलले शुक्रबार राति बेल्जियमको सामना गर्दैछ ।मिडिया रिपोर्टका अनुसार ब्राजिल विश्वकपको उपाधि जित्ने लक्ष्यको साथ हिँडेको टोलीका मुख्य सदस्य नेयमारको सुरक्षाको जिम्मेवारी लिएसँगै नेयमारलाई चुप लाग्न र आफ्नो लक्ष्यमा हिँड्न भनेको समाचारमा जनाइएको छ ।

सामाजिक सञ्जालमा नेयमारलाई लिएर हजारौँ ट्रोलहरु बनेपछि ती अतिरञ्जित बनाउने कामबाट आफ्नो खेललाई असर नपार्न ब्राजिलियन सरकारले नेयमारलाई सुझाब दिएको हो ।ओ एस नेपाल |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here