पल शाहकी बहिनी रोशनी राज्यलक्ष्मी शाह पनि म्यूजिक भिडियोमा : हेरौं भिडियो |

0
362

असार २२ काठमाण्डौ | नायक पल शाहकी बहिनी रोशनी राज्यलक्ष्मी शाहको अभिनय रहेको भिडियो सार्वजनिक भएको छ | उनि अभिनित पहिलो म्यूजिक भिडियो ‘रेल गाडी’ सार्वजनिक भएको हो । यो गीतमा गायक इरोज लामाको स्वर रहेको छ भने फिचरिङ्ग अविनाश घिसिङ्ग , अनुराग ठकुरी रोशनी राज्यलक्ष्मी शाहको रहेको छ । संगीत पनि इरोज आँफैले दिएका छन् ।

रोशनीले पहिलो भिडियोबाट नै आफु सफल हुनेमा उनि ढुक्क छिन् । भिडियोमा उनि अनुराग ठकुरीसँ दमदार
अभिनय गरेकी छन् । अनुरागले पनि यसै भिडियोबाट अभिनयमा डेब्यू गरेका हुन् । यि दुवै नव-कलाकारले यो डान्सिङ्ग भिडियोमा आकर्षक नृत्य गरेका छन् ।

गीतको भिडियोलाई विकास सुवेदीले निर्देशन गरेका छन् । निर्देशक सुवेदीले सँधै चल्तीका कलाकारलाई मात्र लिएर भिडियो निर्माण गर्नुभन्दा पनि नयाँ प्रतिभाहरुलाई स्थान दिनुपर्छ भन्ने मान्यताले आफुले यसपटक दुवैजना नयाँ कलाकार राखेको बताए । यसअघि सुवेदीले डान्सर शुसान्त खत्रीलाई लिएर बनाएको म्यूजिक भिडियो ‘मंगली’ सर्वाधिक चर्चामा छ, जसले रिलीजको पाँच दिनमा नै बीस लाख बढि यूट्युब भ्यूज पाईसकेको छ ।

भिडियोमा अनिक के. मानन्धरको छायांकन तथा सुप्रिम पराजुलीको सम्पादन रहेको छ भने कोरियोग्राफी कलाकार अनुरागले नै गरेका छन् । भिडियोमा बाग्लुङ्गको डान्स ग्रूप ‘साइनिङ्ग डान्स ग्रूप’को समेत नृत्य रहेको छ|

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here