कञ्चन गाउपालिका बस्ने कक्षा १० मा अध्यनरत : समिक्षा ठकुरिलाइ जलाएर हत्या |

0
523

असार २२ काठमाण्डौ | यसै महिना कञ्चन गाउपालिका बस्ने कक्षा 10मा अध्यनरत समिक्षा ठकुरिको राती घरमा सुतेको अवस्थामा जलाएर हत्या गरिएको छ । उक्त घटनाको दस दिन बितिसक्दा पनि अझैसम्म अपराधी पत्ता लाग्न सकेको छैन। घटना अपराधिक मनसायले घटाइएको प्रष्ट छ तर बिस्तृत छानबिन गर्न तथा अपराधिलाइ कानुनको दायरामा ल्याउन प्रहरी प्रशासनले आनाकानी गरेको देखिन्छ ।

एक बालिकालाइ सुतेको अवस्थामा मट्टितेल खनाएर निर्ममता पुर्बक हत्या गरिएको छ | त्यहाका बासिन्दाहरु आफन्त जनहरुले हत्याको बिरोध गर्दै हत्यारालाई छिटो भन्दा छिटो काएवाहिको माग गरिरहेका छन् | सबै जनतामा प्रश्न गरिरहेका छन | यो घटनालाई लिएर प्रहरी प्रशान पनि मौन छ तर किन विभन्न प्रश्न उठिरहेको छ |
* आज घटना घटेको दशौ दिन बितिसक्दा पनि किन मौन छ त प्रहरी प्रशासन देखि लिएर सरकार पनि मौन छ |
आम सर्वसाधारणले सरकारलाई प्रश्न गरिरहेको छ |

* कहाँ उपचार खोज्दै छ तुहिएको हाम्रो सरकार ??
* के गर्न सकिन्छ सुतेको नाटक गरिरहेको प्रशासनलाई ब्युझाउन?
*के कागजमा मात्र सिमित छन मानव अधिकार र यसका आदर्श ??
*किन सुन्दैनौ ए अवसरबादी राजनितीज्ञ/ जनप्रतिनिधि ?
*किन मौन छ सन्चार तथा मिडिया?
*के साच्चै नेपालको कानुन अन्धो छ या बनाउन खोजिदै छ?
*के कानुनी उपचारको हक हुनेखाने लाई मात्र छ?
समाजको हितका लागि र आगामी दिनमा एस्ता घटना नदोहोरियोस भन्नका लागि सम्पुर्ण मिडियाकर्मी साथिहरुको साथ र सहयोगको अपेक्षा गरेका छन् सर्वसाधारणले । ,

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here