असार २४ काठमाण्डौ । गायक संगीतकार पुस्कर सुनुवारको सुमुधुर आवाजमा सजिएको अन्प्लग गीत (कस्तो कस्तो तिम्रो मायाँ ) गीतको म्युजिक भिडियो रिलिज भएको छ । उक्त गीतलाइ गायक संगीतकार पुस्कर सुनुवारले अन्प्लग थिममा तयार पारेका हुन् ।
गीतमा शब्द सिता रानाको रहेको छ भने, गीतमा संगीत तथा संगीत संयोजन गायक पुस्कर सुनुवारकै रहेको छ । भिडियोलाइ केशब बिस्वकर्माले निर्देशन गरेका छन ।
त्यसै गरि भिडियोमा मुकेश हुमागाईं टिमको छायांकन ,,मोहन सुनुवार नबिनको सम्पादन रहेको छ । गीतको भिडियोलाई मेलोडी प्रोडक्सनले बजारमा ल्याएको छ । अहिले उक्त गीतले चर्चा बटुली रहेको छ ।