हिंजो दोस्रो ‘ओएसनेपाल म्यूजिक अवार्ड–२०७५’ भब्य रुपमा सम्पन्न |

0
467

असार २५ काठमाण्डौ । ओएसनेपाल डटमकले दोस्रो ‘ओएसनेपाल म्यूजिक अवार्ड–२०७५’ वितरण गरिएको छ । काठमाडौंको राष्ट्रिय नाचघरमा आयोजित विशेष कार्यक्रममा ओएसनेपाल दोस्रो म्यूजिक अवार्ड वितरण गरिएको हो । गीत संगीत तथा कलाकारसहित विभिन्न क्षेत्रका व्यक्तिहरुको बाक्लो उपस्थितिमा भएको अवार्ड वितरण कार्यक्रम नेपाल गीत, संगीत तथा कला क्षेत्रका विभिन्न ७४ वटा विधामा अवार्ड वितरण गरिएको हो । यस्तै आठजना पत्रकारलाई सम्मान र दुईजना पत्रकारलाई पाँच हजार रुपैयाँ नगदसपहत प्रोत्साहन सम्मान गरिएको अवार्ड संयोजक विवेक कार्कीले जानकारी दिए ।

ओएसनेपाल प्रा.लिका अध्यक्ष केशबहादुर कार्कीले नेपाली गीत संगीत तथा कला क्षेत्रको प्रवद्र्धन, संवद्र्धनका लागि अहोरात्र लागि परेकाहरुको अतुलनीय योगदानको कदर तथा सम्मान गर्ने उद्देश्यले अवार्ड वितरण गरिएको र आगामी वर्षमा पनि निरन्तरता दिइने जानकारी दिए । अवार्ड फेसबुक भोटिङ, एसमसएस भोटिङ र जुरीको निर्णयका आधारमा वितरण गरिएको संयोजक विवेक कार्कीले बताए । os nepal|

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here