पहिरोका कारण पहिरोका कारण आजपनि नारायणगढ– मुग्लिन सडकखण्ड अवरुद्ध यात्रु तनावमा |

0
575

असार २६ काठमाण्डौ | वर्षा सुरु भए लगत्तै पहिरो झर्दा आजपनि नारायणगढ– मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ। उक्त सडकखण्डका विभिन्न ठाउँमा पहिरो झरेपछि बाटो अवरुद्ध भएको हो । चितवन प्रहरीका अनुसार मंगबार रातिको वर्षापछि पहिरो झरेको हो ।

कालिखोला, तोपे खोला, घुमाइनेजस्ता ठाउँमा पहिरो झरेपछि सडक अवरुद्ध भएको हो । पहिरोले बाटो अवरुद्ध भएपनि अहिले भने एकतर्फी ढंगले गाडी चलिरहेका छन् । हरेकदिन पहिरो झर्नेहुँदा यो सडकखण्डको यात्रा जोखिमपूर्ण बन्ने गरेको छ।

पहिरो गएको समयमा सवारी अवगमन ठप्प पारिएको भए पनि अहिले पहिरो रोकिएपछि एकतर्फीबाटो खुलाइएको हो । पहिरो क्षेत्रमा सवारी साधनलाई आलोपालो गरी आवतजावन गराउने काम भइरहेको प्रहरीको भनाइ छ । यो सडकमा जतिबेला पनि पहिरो झर्नसक्ने खतरा रहेकाले होसियारी अपनाउन सबै यात्रु र चालकलाई आग्रह गरिएको छ ।स्रोत ओएस नेपाल |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here