सुप्रसिद्ध कमेडियन कपिल शर्माको बायोपिकमा पनि चलचित्र बन्ने तयारी |

0
483

असार २६ काठमाण्डौ | सञ्जय दत्तको बायोपिक ‘सञ्जु’ चलचित्रको चर्चा सेलाउन नपाउंदै सुप्रसिद्ध कमेडियन कपिल शर्माको बायोपिकमा पनि चलचित्र बन्ने तयारी भई रहेको छ | सञ्जय दत्तको बायोपिक ‘सञ्जु पछि सन्नी लियोनीको बायोपिक ‘करणजित कौर’ प्रदर्शनको क्रममा छ ।

बलिउडमा विभिन्न विवादित सेलिब्रिटीहरुको बायोपिक बन्ने क्रम तीव्र भएको छ । सञ्जय दत्तको बायोपिक ‘सञ्जु’पछि सन्नी लियोनीको बायोपिक ‘करणजित कौर’ प्रदर्शनको क्रममा छ ।

अब अर्का विवादित सेलिबि्रटीको बायोपिक बनाउने तयारी एक निर्माताले गरेका छन् । यी सेलिब्रटी हुन् कमेडीयन कपिल शर्मा । कपिलको जीवनमा आधारित रहेर चलचित्र बनाउे निर्देशक विनाद तिवारीले एक अन्तरवार्तामा बताए ।

फिल्म ‘तेरी भाभी है पगले’ बाट निर्देशकका रुपमा डेब्यू गरिरहेका तिवारीले यो फिल्म प्रदर्शनपछि कपिलको बायोपिक सुरु गर्नेछन् । बायोपिकमा प्रमुख भूमिकाका लागि उनले अर्का कमडियन कृष्णा अभिषेकलाई अफर गरेका छन् । तर, कृष्णले सहमति दिन बाँकी छ । यसै फिल्मबाट अभिनेता सञ्जय दत्तकी भतिजी नाजिया हुसैन पनि बलिउडमा डेब्यू गर्दैछिन् ।

तिवारी अन्तरवार्तामा भने, ‘म २०१० देखि नै कपिल शर्माको बारेमा फिल्म बनाउन चाहन्थेँ । तर, त्यतिबेला प्रोड्यूसर सुरेन्द्र पुरी यो फिल्मका लागि तयार थिएनन् । तर, अहिले उनी पनि सहमत भएका छन् कि कपिलको जीवन कथा एउटा बायोपिकका लागि प्रफेक्ट छ ।’

फिल्मले कपिल शर्माको संघर्षका दिनहरुलाई बढि फोकस गर्ने तिवारीको भनाई छ ।

कपिलको जीवन निकै उतारचढावयुक्त छ । उनले सहकर्मी सुनील ग्रोवरलाई उडिरहेकेा जहाजभित्रै दुव्र्यबहार गरेका थिए । साथै एक न्यूज वेबसाइटका पत्रकारलाई फोन गरेर गाली दिएका थिए । अहिले उनी डिप्रेसनबाट पिडित भएर गुमनाम अवस्थामा छन् । एकताका निकै लोकपि्रय रहेको.कपिलको टेलिभिजन शो अहिले बन्द छ स्रोत अनलाइन खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here