किरण लाकौलले “गुन्द्रुके ढिडो”बोलको गितबाट ओएसनेपाल अवार्ड जित्न सफल भए।

0
437

असार २७ काठमाण्डौ । काठमाडौंको राष्ट्रिय नाचघरमा आयोजित विशेष कार्यक्रममा ओएसनेपाल दोस्रो म्यूजिक अवार्ड वितरण गरिएको थियो । संगीत क्षेत्रका व्यक्तिहरु तथा विभिन्न क्षेत्रका व्यक्तिहरुको बाक्लो उपस्थितिमा भएको अवार्ड वितरण कार्यक्रममा नेपाली गीत, संगीतका साथै विभिन्न भाषाको गीतहरु सहित ७४ वटा विधामा अवार्ड वितरण गरिएको थियो ।

दोस्रो ओएसनेपाल म्यूजिकबाट वर्ष उत्कृष्ट पुरुष किरण लाकौल अवार्ड जित्न सफल भएका छन् । तामाङ सेलो गित “गुन्द्रुके ढिडो”बोलको गितबाट किरण लाकौलले अवार्ड जितेका हुन् । संगीत क्षेत्रका व्यक्तिहरु तथा विभिन्न क्षेत्रका व्यक्तिहरुको बाक्लो उपस्थितिमा भएको अवार्ड वितरण कार्यक्रममा नेपाली गीत, संगीतका साथै विभिन्न भाषाको गीतहरु सहित बिभिन्न विधामा अवार्ड वितरण गरिएको थियो ।

अवार्ड कार्यक्रममा कान्तिपुर साप्ताहिकका कृष्ण भट्टराई, रातो पाटीका कुबेर गिरि, द सिने टाइम्सका दिनेश सिटौला, रेडियो नेपालका चन्द्रमणि गौतम र राम अबिरल, टिभी टुडेका रमेश बस्नेत, मिलाप मासिककी गीता अधिकारीले समेत ‘ओएस नेपाल पत्रकारिता सम्मान २०७५’ प्राप्त गरेको समारोहमा हिमालयन टाइम्स दैनिकका गोपी कृष्ण चापागाई र रमाईलो छका उत्सब रसाइलीलाई ‘ओएस नेपाल पत्रकारिता प्रोत्सान २०७५’ पुरस्कार प्रदान गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here