अविरल बर्षाले काभ्रेको बनेपा डुबानमा जनजीबन अस्त ब्यस्त |

0
279

असार २८ काठमाण्डौ | गएको राति देखि अविरल परेको वर्षाले काभ्रेको बनेपा पनि पूर्णरुपमा प्रभावित भएको छ । बिहीबार बिहान २ बजेदेखि पुन्यमति खोलाको बाढी बनेपा बजारमा छिरेको छ । करिब दुई दर्जन घर डुबानमा परेका छन् ।

अरनिको राजमार्ग अन्तर्गत पुल बजार क्षेत्रमा राजमार्ग बन्द छ । बाढीका कारण पूर्व–पश्चिम चल्ने गाडीहरु बीचमै रोकिँदा यात्रुहरु अलपत्र परेका छन् । अरनिको राजमार्गको पलासे खण्डमा पनि पहिरो खसेको छ ।

बनेपा– ८ का जीवन नकर्मीको घरमा खोलाको बाढी पस्दा उनको घर बनाउन बसेका मजदुरहरु अलपत्र परेका थिए । उनीहरुलाई बिहीबार बिहान नेपाली सेनाको टोलीले उद्धार गरेको छ ।

बीपी राजमार्ग अन्तर्गत काभ्रे भन्ज्याङमा पहिरो आएर राजमार्ग अवरुद्ध छ । पनौती नगरपालिका ३ का बिदुर सापकोटाको घर पहिरोले पुरिएको छ । मानवीय क्षति नभए पनि पशु चौपाया मरेका प्रहरीले जनाएको छ । काभ्रे जिल्लाको सडक सन्जाल ठप्प भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here