दोश्रो ओ.एस.नेपाल म्युजिक अवार्डमा, लोक पप बिधाको अवार्ड : गायक रबि रिमाललाई |

0
510

काठमाण्डौ, अषाढ २८ । करीब दुई दशक भन्दा बढी समयदेखी साँगितिक क्षेत्रमा कृयाशिल गायक तथा संगीतकार रबि रिमाल हालै दोश्रो ओ.एस.नेपाल अवार्डबाट सम्मानित भएका छन । लगभग एक बर्षअघी ए बि र सि डि गीत मार्फत सांगितिक क्षेत्रमा कम्ब्याक गरेका उनी पुराना पुस्ताका चर्चित गायक मध्ये एक हुन ।

आज भन्दा कारीब २० बर्ष अगाडि निकै नै चर्चित गीत “चरी उड्यो बादल छुनलाई” मार्फत चर्चामा आएका उनी त्यस ताका चर्चित साँगितिक ब्याण्ड स्याडरोज बाट प्रतिनिधित्व गर्थे । लगभग केही समय यसै क्षेत्रमा बिताएपछी समुहका सबै साथीहरु कोही बिदेशिएको र कोही भने घर परिवारका कारण सँगितिक क्षेत्रबाट टाढिएको तितो अनुभब पनि सुनाउछन ।
यस्तै तिता मिठा अनुभब सुनाउदै अहिले फेरी दर्शक श्रोताको मायाका कारण अाफु पुन: यसै क्षेत्रमा पुरानाे गीत तथा नयाँँ गीतहरु लिएर साँगितिक बजारमा देखिन थालेका छन र उनको अहिले चर्चा पनि त्यतिकै चुलिदो छ ।

आजको दोश्रो ओ.एस.नेपाल अवार्डको लोक पप बिधाबाट ज्युरी मेम्बरबाट स्लेस्क्टेड अवार्ड हात पार्दै आफु दर्शकको माया तथा प्रोत्साहन र परिवारको सपोर्ट, सम्पूर्ण साथीभाई सपोर्ट, मिडियाकर्मीको सहयोग पाएकोमा सम्पूर्णमा हार्दिक धन्यवाद ब्यक्त गर्न चाहन्छन ।

सन्ध्या टिभीको तर्फबाट पनि गायक रबि रिमाललाई धेरै धेरै बधाई तथा र अझै सफलताको शुभकामना ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here