जापानमा आएको बाढीले, बगाएर मर्नेको संख्या २०० पुग्यो |

0
222

असार २९ काठमाण्डौ | पश्चिमी जापानको विभिन्न स्थानहरुमा भारी बर्षाका कारण गत विहिबारदेखि आएको बाढि र पहिरोमा परि विहिबार साँझसम्ममा २०० जनाले ज्यान गुमाएका छन् । बाढि पहिरोमा परि हराइरहेको दर्जनौं अन्यको खोजी कार्य जारी रहेको खबर क्योदो न्यूजले लेखेको छ ।

प्रभावित सबै स्थानहरुमा हराइरहेकाहरुको खोजी कार्य तथा उद्धारका कार्यहरु भैरहेका छन् । थुप्रै इलाकाको सर–सफाईपछि मृतकको संख्यामा थप वृद्धि हुने आशंका छ । अधिकारीहरुका अनुसार खोज र बचाउ अभियानमा ७० भन्दा बढि हजार उद्दारकर्मी तैनाथ गरिएको छ । उद्धार कार्यमा स्थानीयहरुले समेत साथ दिइरहेको समाचारमा उल्लेख छ ।

सबैभन्दा बढि प्रभावित हिरोसिमा, ओकायामा र एहिमो प्रिफेक्चरमा भोलेन्टियर उद्धारकर्मीहरु तथा सहयोगीहरु आइपुगेको भएपनि अझै प्रयाप्त नभएको बताइएको छ । धेरै स्थानहरुमा आकाश खुल्ला भई गर्मी बढेकाले रोग फैलन सक्ने सम्भावना रहनसक्ने बताइएको छ ।

धेरै रेल्वे ट्रयाकहरु पहिरो तथा रुखहरु ढलेका कारण अवरुद्ध भएकाले विभिन्न रेल सेवाहरु अझै संचालनमा आउन सकेका छैनन् ।

जापानको स्वास्थ्य मन्त्रालयका अनुसार २ लाख भन्दा बढि घरहरुमा खानेपानीको आपूर्ती अझै सहज बन्न सकेको छैन भने ओकायामा, हिरोसिमा र एहिमेमा गरि १० हजारभन्दा ल्याण्डलाइन फोन तथा इन्टरनेट सेवा अवरुद्ध भएको एनटिटी वेष्टले जनाएको छ । पानीको आपूर्ति रोकिएका स्थानहरुमा स्थानीय नगरपालिका र आत्मरक्षा दलका प्रतिनिधीहरुले पानी उपलव्ध गराइरहेको बताइएको छ ।

विहिबारदेखि लगातार भएको बर्षा भने रोकिएको छ । जापानमा तीन दशक यता वर्षाका कारण यति ठूलो संख्यामा मानिसको मृत्यु भएको यो पहिलो पटक हो । सन् १९८२ मा नागासाकीमा गएको बाढि पहिरोमा परि २९९ जनाले ज्यान गुमाएका थिए । त्यस्तै सन् २०१४ अगस्त महिनामा हिरोसिमा प्रिफेक्चरमा भारी बर्षापश्चाच आएको बाढि र पहिरोमा परि ७७ जनाले ज्यान गुमाएका थिए । source os nepal|

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here