रङ्गकर्मी नानी थापाको जन्मदिनमा उनै द्वारा लिखित, निर्देशित र प्रस्तुत एकल नाटक जूनकिरी सार्वजनिक |

0
284

असार २९ गते रङ्गकर्मी नानी थापाको जन्मदिनको पावन अवसर पारेर उनै द्वारा लिखित, निर्देशित र प्रस्तुत एकल नाटक जूनकिरी गुरु अशेष मल्लप्रती गुरु दक्षिणास्वरुप समर्पण गरिएको छ ।

जसबाट संकलित आर्थिक सहयोग रु. एक लाख सिन्धुपाल्चोक दोलालघाटको एकीकृत नमुना माझी बस्ति निर्माण सहयोगार्थ गुरु नाट्यकर्मी अशेष मल्ल र आमा लिला थापाको हातबाट स्वेताश्री फाउन्डेसनकि अध्यक्ष नायिका तथा समाजसेवी श्वेता खड्कालाइ हस्तान्तरण गरिएको छ ।

नाटकको लेखकिय, निर्देशकिय, प्रस्तुती र यसको विषय वस्तु तथा सान्दर्भिकताको बारेमा बहस कार्यक्रम समेत चलाइएको थियो जसलाइ समालोचक जिके पोख्रेलले सहजिकरण गरेका थिए । उक्त नाटकको सार्वजिकरणका बक्ताहरुमा नाट्यकर्मी अशेष मल्ल, प्रोफेसर डा.सावित्री मल्ल, समालोचक डा. बिन्दु शर्मा,आख्यानकार ढकाल राधेश्याम,भिडियो निर्देशक समन अधिकारी र सास्कृतिक सँस्थानका प्रवन्ध निर्देशक राजेश थापा लगायत थिए ।

स्वेताश्री फाउन्डेसनको तर्फबाट स्वेता खड्का र यज्ञ कार्कीले सुभकामना तथा धन्यवाद ज्ञापन गरेका थिए ।स्रोत ओएस नेपाल |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here