गायक ध्रुव बिक चर्चित हुन् भने, भाईरल भएका अशोक दर्जी चर्चा हुन् |

0
449

असार २९ काठमाण्डौ | चर्चित र चर्चामा धेरै भिन्नता छ | कोइ साधान गरेर सिकेर संगीतलाई बुझेर दर्शक स्रोताको मनमा बस्छ भने त्यो चर्चित हो | साधना बिना संगीत नासिकिकन आउँछ ,टोन राम्रो भएर आउँछ भने, एकछिनको लागि त्यो चर्चा हो |

एता भाईरल भएका अशोक दर्जीले नत ध्यान दिएर पढ्न पाएका छन्, नत संगित क्लास लिन नै पाएका छन् , यता ध्रुब बिकले भने दुबै कुरा पाएका छन् ,उनि संगीत क्लास संगै पढाइ पनि निरन्तरता गरिरहेका छन् |
नेपालमा कोही ब्यक्तिले केही नयाँ काम गर्‍यो कि त्यो भाईरल हुने बढी देखिएको छ ।

पछील्लो समय को कुरा गर्ने हो भने प्रेम परियार , अशोक दर्जी लगायत बाजुरा जिल्लाका ध्रुव बिक पनि सामाजिक सञ्जालमा भाइरल बनेका छन् । उनी प्रेम परियार देखि अशोक दर्जीलाई पनि टक्कर दिने खालका गीतहरू गाएर चर्चामा आएका हुन् । गीत गायरै हित भएका ध्रुब एक सम्भावना बोकेका बाल कलाकार हुन् |

आफन्तले ध्रुवले गाएको गीतको केही अंश सामाजिक सञ्जाल फेसबुकमा राखेपछि उनी एका एक चर्चामा आएका थिए । यति खेर उनी काठमाडौँको तिरुपाती बोर्डिंग स्कुलको होस्टेलमा बसेर पढ्ने गर्छन् । कक्षा ७ मा पढ्ने ध्रुव अहिले पढाई लेखाइमा व्यस्त भएका कारण मिडियामा त्यति नदेखिएको बताउँछन् ।

ध्रुव स्कुलमा पढाईको साथ-साथै सङ्गीत पनि सिकिरहेका छन्। सङ्गीत सिकेर आफूले सङ्गीतको स्वर लयको झन् बढी ज्ञान पाएको उनको भनाई छ। उनलाई आफ्ना शिक्षकहरूले पनि हौसला दिने गरेको उनले बताए। करिब ३ महिना देखि होस्टलमा बस्दै आएका ध्रुव यतै घुलमिल भइसकेका छन्।
तर अहिलेका भाईरल ब्वाई अशोकले भने संगितको क्लास लिन भ्याएका छैनन् । नत अशोकले राम्रो संग ध्यान दिएर पढ्न नै पाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here