असार ३१ काठमाण्डौ । आफ्ना–आफ्ना परिवारबाहेक आफन्तलाई पनि जानकारी नदिई उनीहरुले इन्गेजमेन्ट गरेका हुन्।
डेढ वर्षदेखि प्रेम सम्बन्ध रहेको प्रियंका र आयुष्मानले इन्गेजमेन्ट गरेका हुन्। उनीहरु केही समयमै श्रीमान् श्रीमतीको रुपमा सम्बन्ध बिस्तार गर्दैछन्।
शनिबार प्रियंका र आयुष्मानले इन्गेजमेन्टको टिकाटालो गर्दा उनीहरुको परिवारमात्र सहभागी थिए।
इन्गेजमेन्ट गोप्य बनाउने योजनामै आयुष्मानकी आमा रविनाले देशराज जोशीको इन्स्टाग्रामबाट तस्बिर सामाजिक सञ्जालमा राखेकी हुन्।
उक्त फोटामा रविनाले प्रियंकाको पछाडि जोशी समेत थपिदिएकी छन्। उनीहरुको बिहेबारे भने मिति तोकिएको छैन्।