शिक्षा कार्यालयका प्रमुख सुरेन्द्र पराजुली : २ लाख ८० हजार रुपैयाँ घुसहित पक्राउ ।

0
469

साउन १ काठमाण्डौ। कपिलवस्तुका जिल्ला शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख सुरेन्द्र पराजुली २ लाख ८० हजार रुपैयाँ घुसहित पक्राउ परेका छन् ।

कर्मचारीको तलब निकासामा ढिलाइ गरी घुस मागेको सूचनाको आधारमा पुगेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले उनलाई घुस रकमसहित पक्राउ गरेको हो ।

अख्तियारका प्रवक्ता रामेश्वर दंगालका अनुसार पराजुलीलाई घुस लिइसकेको अवस्थामा सरकारी निवासबाट पक्राउ गरिएको हो । यस विषयमा अनुसन्धान सुरु गरेको अख्तियारले जनाएको छ ।स्रोत अनलाइन खबर ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here