नेपाली चलचित्र‘साली कस्को भेनाको’ रोमान्टिक गीत सार्वजनिक ।

0
382

साउन १ काठमाण्डौ । नेपाली चलचित्र ‘साली कस्को भेनाको’ रोमान्टिक गीत सार्वजनिक गरिएको छ । ‘माया तिमीलाई’ बोलको गीत काठमाण्डौमा पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरिएको हो ।

सुरज सिंह ठकुरीको शब्द तथा संगीत समावेश गीतमा सुरज र आकांक्षा बस्यालको स्वर छ । गम्भिर बिष्टले कोरियोग्राफी गरेको गीतमा चलचित्रमा मुख्य कलाकार मरिष्का पोखरेल र देव सागरको अभिनय रहेको छ ।

यो चलचित्रमा कलाकार विल्सन विक्रम राई भेनाको भूमिकामा देखिएका छन् । उनको साथमा चलचित्रमा वुद्दि तामाङ, मरिष्का पोखरेल, रजनी गुरुङ, सुष्मा कार्की लगायतका कलाकारको मुख्य भूमिकामा रहेका छन् ।

प्रसाद श्रेष्ठको प्रस्तुतिमा तयार भएको चलचित्रलाई भद्र भुजेलले निर्देशन गरेका हुन् । चलचित्रमा रामप्रसाद श्रेष्ठ, सुशिल गोपाल न्याछ्यो, काजिमान श्रेष्ठ, कमला भट्टराई र मुक्ति अधिकारीको लगानी छ । कमेडी जनरामा रमाइलो चलचित्र बनेको भन्दै यसका कलाकारले दर्शकले मन पराउने विश्वास व्यक्त गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here