गाईघाट–दिक्तेल सडकमा गएको पहिरोले: सडक अवरुद्ध भएको आज १५ दिन ।

0
552

साउन १ काठमाण्डौ । गाईघाट–दिक्तेल सडक योजना अन्तर्गतको गाईघाटबाट ४० किलोमिटरको दूरीमा रहेको त्रियुगा नगरपालिका–१५ को रातामाटामा गएको पहिरोले सडक अवरुद्ध भएको आज १५ दिन नाघिसकेको छ । आधा महिना बितिसक्दा पनि सो बाटो खुलाउनेतर्फ कसैले पहल नगरेको त्रियुगा नगरपालिका– ३ का कैलाश राउतले बताए ।

उक्त बाटोमा पहिरो झरेकोले त्यसलाई पन्छाउन र यातायात सेवा सुचारु गर्न सरोकारवाला निकायहरु असफल देखिएको छन् । यो कुरा चर्चामा आउन थालेपछि गाईघाट–दिक्तेल सडक योजना पुग्दा योजनाका इन्जिनियरहरुले पहिरो नहटाउनुको अर्कै रहस्य खोलेका छन् ।

पहिरो गएको ठाउँभन्दा केही माथि रहेको श्री शंकाली आधारभूत स्कूलका प्रधानाध्यापक कृष्ण केसीले पहिरो हटाउन नदिएको तथ्य खुलेको छ । प्रधानाध्यापक केसीले आफूसहित गाउँका केही मानिसलाई सो बाटो खोल्न नदिने भन्दै राजमार्ग नै अवरुद्ध गरेका रहेछन् । उक्त ठाउँसम्म मात्र यातायात चल्दा त्यो ठाउँका १÷२ वटा घरका पसल पनि चल्ने र उनी पनि सोही पसलमा बसेर ठेकेदारहरुसँग गाउँका मानिसलाई मिलाइदिन्छु भन्दै पठाउन छोडेर ठेकदारसँग सो पहिरो आफूले मात्र हटाउन सक्ने भएकाले ठेक्का आफूलाई नै दिनुपर्ने तर्क गर्दै आएका छन् ।

सडक अवरुद्ध हुँदा पीडित भएका ट्रेक्टर धनी राम लिम्बुले आफ्नो ट्रयाक्टर बीचमा फसेको १५ दिन भइसक्दा पनि पहिरो हटाउन बाधक बनेको आरोप लगाए । उनले साइडबाट समेत आफ्नो गाडी निकाल्न नदिएको गुनासो गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here