साउन १ काठमाण्डौ | बेलायत सरकारले सेनामा अब नेपाली महिलहरूलाई पनि भर्ती हुन दिने भएको छ ।भर्ना प्रकया पोखरामा हुने बताइएको छ ।सेनामा भर्ती हुने महिलाले पुरुषले जस्तै नै कठिन शारीरिक परीक्षाहरूमा उत्तीर्ण हुनुपर्नेछ । भर्ती हुनेको तौल ५० केजी, पाँच फुट एक इन्च बढी, आठ पटक ‘अन्डर्आर्म हीभ’ हुनुपर्नेछ ।
आवेदक महिलाहरूले २५ केजी बालुवा डोकोमा बोकेर पाँच किलोमिटर उकालो दौडिनुपर्ने पनि मापदण्ड राखिएको छ । छनोट भएकाले ब्रिटेनको नर्थ योर्कशरस्थित क्याट्रिकमा १० हप्ता तालिम लिनेछन् ।
बिबिसीका अनुसार बेलायती रक्षा मन्त्री ग्याभिन विलियम्सनले नेपाली महिलाहरूले सर्वोत्कृष्ट ब्रिगेडमा सेवा गर्ने अवसर पाउनु उचित भएको लिखित तर्क गरेका छन् ।लायती सेनामा नेपालीहरु करिब दुई सय वर्षअघिदेखि सहभागिता जनाए पनि अहिलेसम्म महिलाहरुलाई भर्ती गरिएको थिएन । स्रोत ओएस नेपाल |