‘बहूमुखी प्रतिभा तथा संचारकर्मी ,गायिका/ मोडेल शोभा त्रिपाठीको तीज (गीत तिमि चाहिन्छ सार्वजनिक) भिडियो सहित।

0
2126

साउन २ काठमाण्डौ । सञ्चार जगतमा रहेर नेपाली कला क्षेत्रको बिकास,विस्तार र संरक्षणमा निरन्तर लागि पर्ने कमै व्यक्ति भेटिन्छन् ।यस्तै कम व्यक्तिको सूचिमा पर्छिन् सञ्चारकर्मी शोभा त्रिपाठी ।

पछिल्लो समय जनता टेलिभिजनमा कार्यरत त्रिपाठी एउटा सञ्चारकर्मी मात्रै नभएर लोकप्रिय स्टेज कार्यक्रम प्रस्तोता पनि हुन । दर्जनौं गीतमा आवाज दिईसकेकी त्रिपाठी विगत १० बर्षदेखि यस क्षेत्रमा योगदान दिदै आएकी छन् ।
यस पालिको तीजलाई लक्षित गरि उनले खुमन अधिकारीको शब्द संगीतमा तयार पारिएको ‘तिमी चाहिन्छ’ बोलको तीज गीत युटुव मार्फत सार्वजनिक गरिएको जानकारी दिएकी छन् । उक्त गीतको भिडियोमा महेन्द्र गौतमसँगै गायिका शोभा आफैंले मोडलिङ गरेकी छिन् ।
भिडियोको निर्देशन प्रकाश भट्टले गरेका हुन् ।
र अर्को गीत पनि केही दिनमै बजारमा पठाउने तयारीमा छिन् गायिका शोभा त्रिपाठी अझ भनौ गायिका त्रिपाठीका । तीज मात्रै नभएर आधुनिक, लोकपप, दोहोरी गीत समेत बजारमा राजगर्न सफल भएका छन् । गायिका त्रिपाठीको तीज गीत (तिमि चाहिन्छ)को भिडियो हेरौं

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here