गायिका आनी छोइङ डोल्माद्वारा तुइन बिस्थापनका लागि १ करोड रुपैयाँ सहयोग प्रदान ।

0
394

साउन ३ काठमाण्डौ । सर्व साधारण नेपालीमा जति सुकै दुख; कष्ट आएता पनि सबै दुख काष्ठलाइ नजिक बाट नियालेको हुन्छ कलाकार,, त्यसैले चाहे बाढी बाट पिडित भएका नेपाली हुन, चाहे भुकम्प बाट पिडित नेपाली हुन । हरेक दुखमा कलाकार ले हातमा हैंसे गरि हिनिरहेका छन् कालाकार। त्यस्तै अहिले गायिका आनी छोइङ डोल्माले तुइन बिस्थापनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई १ करोड रुपैयाँ प्रदान गरेकी छन् ।

बुधबार नेपालका विभिन्न टीभीबाट एकसाथ प्रसारित कार्यक्रम जनतासँग प्रधानमन्त्रीमा गायिका आनीले ब्यक्तिगत रुपमा सो रकम प्रदान गरेकी हुन् ।

पहिलोपटक प्रधानमन्त्री हुँदा ओलीले तुइन बिस्थापन अभियान चलाएका थिए । पदबहाली गर्दा प्रधानमन्त्रीले हस्ताक्षर गरेको पहिलो फाइलमा दुई वर्षभित्र तुइन बिस्थापन गर्ने भनिएको थियो । तर तीन वर्ष बितिसक्दा पनि झण्डै आधा तुइन हटाउन बाँकी छ ।

आफू प्रधानमन्त्रीबाट हटेपछि सरकारले तुइन बिस्थापनका लागि बजेट नै काटिदिएका कारण दुई वर्षमा बिस्थापन गर्ने आफ्नो लक्ष्य पूरा हुन नसकेको कार्यक्रममा बताए ।

गायिका आनीले पहाडी वस्तीहरुमा तुइनबाट कष्ठकर यात्रा गरेको देखेपछि आफूले तुइन बिस्थापनका लागि रकम जम्मा गर्न थालेको बताइन् । कार्यक्रममा प्रधानमन्त्रीले तुइन हटाएरै छाडिने भन्दै आफ्नो एक महिनाको तलब पनि सोही कोषमा प्रदान गर्ने घाेषणा गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here