घमण्डी अभिनेत्री क्याट्रिनाले प्लेनमा अटोग्राफ माग्ने बच्चालाई थर्काईन |

0
482

साउन ३ काठमाण्डौ | ग्ल्यामरको दुनियाँमा केही यस्ता बलिउड अभिनेत्री छन्, जो आफ्नो दमदार अभिनयका कारण चिनिन्छन् र सधैँ चर्चामा रहन्छन् । उनीहरूलाई मिडियाले पनि उत्तिकै पछ्याउँछन् । यसैबीच केही यस्ता अभिनेत्री पनि छन्, जो आफ्नो स्वभावका कारण घमण्डी भनेर चिनिन्छन् । आफ्नो अभिव्यक्तिका कारण विवादित पनि बन्ने गरेका छन् ।

राखी सावन्त
बलिउडमा अत्यधिक विवादित अभिनेत्री राखी सावन्तको चर्चा भइरहन्छ । उनलाई प्रायः विवादित बयान दिने अभिनेत्री भनेरै चिनिन्छ । घमण्डी बानीका कारण उनी विवादमा आउने गरेकी हुन् । राखीले निकैपटक मिडियाकर्मीलाई खत्तम, घटिया भनेकी छिन् । उनले मिडियाकर्मीलाई ‘वे’ भनेका कारण पनि उनलाई घमण्डी अभिनेत्री भन्ने गरिन्छ ।

क्याट्रिना कैफ
यस सूचीमा सबैभन्दा पहिलो नाम क्याट्रिना कैफको आउँछ । उनी यति घमण्डी छिन् कि एकपटक जेट एयरवेजको बिजनेस क्लासमा बसेर यात्रा गरिरहेकी थिइन् । उनी आराम गरिरहेका वेला एक बच्चा आएर ‘आन्टी अटोग्राफ प्लिज’ भनेका थिए । तर, बच्चाले धेरैपटक यसैगरी आग्रह गरिरहेपछि उनले आँखा खोलिन् र चिच्याएर बच्चालाई कराइन् । क्याट्रिना चिच्याएर कराएपछि बच्चा रुँदै फर्कियो । यसपछि प्लेनमा रहेका अन्य यात्रुले उनको खुब आलोचना गरे ।

श्रद्धा कपुर
सुपरहिट फिल्म ‘आशिकी २’ बाट युवाको सपनाकी राजकुमारी बनेकी अभिनेत्री श्रद्धा कपुरमा कहिलेकाहीँ देखिने खराब बानीले उनलाई पनि घमन्डी भनेर चिनाउने गरेको छ । मिडियाकर्मीले फोटो खिच्नका लागि अनुरोध गर्दा उनी आफ्नो ‘एटिच्युड’ देखाएर हिँड्छिन् । नयाँ पत्रिकामा खबर छ ।

अनुष्का शर्मा
भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीकी धर्मपत्नी साथै बलिउडमा तीनै खानहरूसँग काम गरिसकेकी अभिनेत्री अनुष्का शर्मा पनि घमण्डीको सूचीमा सामेल छिन् । एकपटक उनले मुम्बईमा एक सोरुम म्यानेजरलाई अति खराब व्यवहार गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here