फुटबल स्टार क्रिष्टियानो रोनाल्डोको युभेन्टस यात्रा सहज नहुने |

0
406

साउन ४ काठमाण्डौ | पोर्चुगिज फुटबल स्टार क्रिष्टियानो रोनाल्डोको युभेन्टस यात्रा सहज नहुने देखिएको छ । युभेन्टस प्रवेश गरेपछिका पहिलो पत्रकार सम्मेलनमा पनि उनले आफु चुनौतीको सामना गर्न आएको बताएका थिए । ३३ वर्षिय पोर्चुगिज रोनाल्डोले जुन क्लवबाट खेले त्यहि क्लवमा आफूलाई स्थापित गर्न सफल भएका छन् ।

युभेन्ट्सले च्याम्पियन्स लिग २२ वर्षयता जित्न नसकेपछि घरेलु लिग इटालिएन सिरिएमा आफ्नो दबदबा कायम राखेको छ । म्यानचेस्टर युनाइटेड र रियल मिड्रडबाट घरेलु लिग जितिसकेका रोनाल्डोले यस पटकपनि घरेलु लिग जित्ने अनुमान गरिएको छ ।

रोनाल्डोले आफू छैठौं च्याम्पियन्स लिग जित्ने हिसाबले युभेन्ट्समा आएको बताएका छन् । यद्यपी यस पटकभने रोनाल्डोलाई च्याम्पियन्स लिग भिडन्त निकै गाह्रो हुनेछ । युभेन्ट्सले २२ वर्षयता च्याम्पियन्स लिग जित्न सकेको छैन् ।

च्याम्पियन्स लिग इतिहासमा सर्वा्धिक पाँच पटक च्याम्पियन्स लिग जित्ने खेलाडी रोनाल्डोनै हुन् । रोनाल्डो च्याम्पियन्स लिगको इतिहासमै सर्वा्धिक गोलकर्ता समेत हुन् । रोनाल्डोले म्यानचेस्टर युनाइटेडबाट १ पटक च्याम्पियन्स लिग जित्दा ४ पटक मड्रिडबाट यस लिग जितेका थिए । साथै रोनाल्डो १ सय २० गोलका साथ च्याम्पियन्स लिगका सर्वा्धिक गोलकर्ता हुन् । रोनाल्डोपछि लियोनल मेस्सी छन् ।

रोनाल्डो युभेन्ट्मा समेत सर्वा्धिक गोलकर्ता बन्न चाहान्छन् । सन् १९२५–२६ को सिजनमा हंगेरिका स्ट्राइकर फिरेन्स हिरजेरले युभेन्ट्का तर्फबाट एकै सिजन जम्मा ३४ गोल गरेका थिए । त्यस रेकर्ड कसैले तोड्न सकेको छैन् । रोनाल्डोले ३५ गोलमात्र गरे उनी एकै सिजन सर्वा्धिक गोलगर्ने खेलाडी बन्नेछान् ।

विश्व फुटबलमा रोनाल्डो र लियोनल मेस्सीले पाँच–पाँच पटक बालुन डि ओर अवार्ड प्राप्त गरेका छन् । रोनाल्डोले युभेन्ट्बाट के बालुन डि ओर जित्लान त ? भन्ने सबैको जिज्ञासा रहेको छ । यदि रोनाल्डोले युभेन्ट्समा घरेलु लिग जिते, सर्वा्धिक गोलकर्ता बन्दै च्याम्पियन्स लिग जिताए उनले बालुन डि ओर अवार्ड निश्चयनै जित्ने छन् ।

स्पेन र इंगल्याण्डबाट जम्मा ४ पटक क्रिस्टियानो रोनाल्डोले युरोपियन गोल्डेन बुट जिती सकेका छन् । उनले ३ पटक रियल मड्रिबाट गोल्डेन बुट जित्दा म्यान्यूबाट एक पटक यस उपाधि पाएका थिए । रोनाल्डोले सन् २००७–०८ को सिजनमा म्यान्यूमा सर्वा्धिक ३१ गोल गरेका थिए ।

सन् २०१०–११ मा उनले मड्रिबाट ४० गोलगर्दा त्यसपछि लगातार २ सिजन ३१ र ४८ गोलगर्दै सर्वा्धिक गोलकर्ता बने । रोनाल्डोले युभेन्ट्समा गोल्डेन बुट जिते उनी सर्वा्धिक सफल खेलाडी बन्नेछन् । रोनाल्डोले पत्रकार सम्मेलनमा भनेका थिए ‘मेरा उमेरका खेलाडीहरु चाइना, जापान र कतार जान्छन् । तर म चुनौतीको सामना गर्न चाहान्छु ।’ उनले आफूमा आत्म विश्वास भए राम्रो खेल्न कसैले नरोक्ने बताएका छन् ।

३३ वर्षिय रोनाल्डोको उमेर ढल्किसकेकाले उनले राम्रो खेल्न नसक्ने विश्लेषण गरिन्छ । यद्यपी उनले ठट्यौली पारामा उमेरका सम्बन्धमा आफू अझै २३ वर्षको भएका कारण युभेन्ट्समा राम्रो खेल्ने विश्वास व्यक्त गरे । स्रोत ओ एस नेपाल |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here