३ जना पक्राउ,नक्कली सुन बेच्न हिन्दै गरेका बेला ।

0
430

साउन ६ काठमाण्डौ |नक्कली सुनको विस्कुट आकारका चक्की, एउटा बेरुवा औंठीसहित सिन्धुपाल्चोक धैवुङ ३ घर भई काठमाडौं जोरपाटी बस्ने २३ वर्षका राज लामा तामाङ, नुवाकोट बेतिनी घर भई जोरपाटी बस्ने २६ वर्षका म्याङसिंह लामा र सोलुखुम्बु घर भई कपन बस्ने टासी लाक्पा शेर्पा पक्राउ परेका हुन् ।

उनीहरुले चावहिल, कोटेश्वर र कपन इलाकामा नक्कली सुनको कारोबार गर्ने गरेको प्रहरीले बताएको छ । बिहीबार दिउँसो ४ बजे चावहिल चुच्चेपाटीमा शंकास्पद अवस्थामा राज लामा र म्लाङसिङ लामा पक्राउ परेको र उनीहरुको दिएको सूचनाको आधारमा १ किलो नक्कली सुनसहित टासी शेर्पा पक्राउ परेका महानगरीय प्रहरी परिसरले जानकारी दिएको छ ।

पक्राउ परेकाहरु यसअघि पनि ठगी र लुटपाटमा संलग्न रहेको पाइएको प्रहरीको भनाइ छ । राज लामाविरुद्ध वौद्ध र महाराजगञ्ज प्रहरीले ठगी आरोपमा पहिले पनि मुद्दा चलिसकेको थियो । टासी लाक्पा शेर्पाले २०५८ सालमा आफ्नै फुपूलाई कर्तव्य गरि मारेकोमा १० वर्ष जेल सजाय भुक्तान गरी निस्केको र हाल डकैती तथा चोरी , लुटपाटमा संलग्न रहेको प्रहरीको भनाइ छ । स्रोत अनलाइन खबर |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here