पोखराका दुई युवाले खेर गएका प्लाष्टिकबाट यस्तो सडक बनाए: हेरौं भिडियो |

0
529

साउन ६ काठमाण्डौ | फालिएका र प्रयोग नहुने प्लास्टिकबाट पोखरामा पक्की सडक बनाइएको छ । पोखराका दुई युवाले भुटानबाट यस्तो सिप सिकेर पोखरामा १ सय मिटर पिच गरेका देखाएका छन् । पोखरा १४ को अनुपम टोलको सडकलाई युवाले प्लास्टिक प्रयोग गरेर सडक पिच गरेका हुन् । ग्रिन रोड वेस्ट म्यानेजमेन्ट कम्पनीका युवाले प्लास्टिक पेलेर बाटो पिच गर्ने प्रविधि भुटानमा सिकेर पोखरामा प्रयोग गरेका हुन् ।

कम्पनीले मेकानिकल इन्जिनियर विमल बास्तोला र सिभिल इन्जिनियर राजीव सुवेदीलाई प्लास्टिकको प्रयोगबाट सडक पिच गर्ने प्रविधिको एक हप्ते तालिम लिन भुटान पठाएको थियो । भुटानबाट फर्केपछि उनीहरुले सडक पिच गरेका हुन् ।
एक सय मिटर सडक पिच गर्न ३ सय केजी प्लास्टिक लागेको कम्पनीका मेकानिकल इन्जिनियर विमल बास्तोलाले जानकारी दिए । यो प्राविधिअनुसार २ हजार ४ सय ७५ केजी अलकत्र खपत भएको र त्यसमा प्लास्टिकको मात्रा १० देखि १५ प्रतिशतसम्म प्रयोग भएको उनले बताए । पिच गर्नका प्लास्टिकलाई ससाना टुक्रा पारेर धोएपछि मात्र प्रयोग गरिने बास्तोलाले बताए ।

प्लास्टिकका बोत्तल, ठूला पाइपबाहेक गुड्कादेखि चाउचाउका खोलसम्म यो प्रविधिअनुसार सडक पिच गर्न प्रयाग गर्न सकिने कम्पनीको भनाई छ । प्लास्टिकले वातावरणमा पार्ने प्रभावलाई कम गर्न र यसको वैकल्पिक प्रयोग गर्न पनि पिच निर्माणमा प्रयोग गरेको उनले बताए । प्लास्टिकको प्रयोग गरेर बनाइने यस किसिमको सडकको सुरुवात सन् २००१ मा भारत सुरु भएको थियो ।स्रोत ओ एस नेपाल |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here