आज साउन महिनाको पहिलो सोमबार व्रत बस्दा के-के खान हुन्छ ? जन्नुहोस…

0
601

सन् २०१८, जुलाई १७ देखि साउन महिना सुरु भैसकेको छ । हिन्दु धर्म अनुसार साउन महिनामा भगवान शिवजीको पूजालाई विशेष महत्वपूर्ण मान्ने गरिन्छ। साउनको पुरै महिना भरिनै शिवको पूजा आरधना गर्ने गरिन्छ । यस महिनामा भगवान शिवका भक्तहरु वर्त बस्ने र आफूले चाहेको वर माग्ने गर्छन्। साउन महिनाभर शिवजीको पूजा आरधना धेरै फलदायी हुने र यसको फलस्वरूप भगवान शिवले सम्पूर्ण भक्तजनको मनोआकंक्षा पूरा गरिदिने मान्यता रहेको छ। यसपाली जुलाई १७बाट सुरु भएको थियो भने अगष्ट १६मा समाप्त हुनेछ ।

हिन्दु धर्मको मान्यता अनुसार साउनको हरेक सोमबार वर्त बसी शिवलिंगमा जल चढाउने र नियमअनुसार शिव भगवानको पूजा गर्ने व्यक्तिको परिवारमा सुख र सम्वृद्धि प्राप्त हुन्छ । यो वर्ष साउन महिनामा ४ वटा मात्र सोमबार परेको छ । यी ४ सोमबार वर्त बस्ने व्यक्तिहरुले आफू दिनभर भोक ,प्यास सहेर बस्नुको कारण सहित आफूले चिताएका कुराहरु सहित मनमनै शिव भगवानलाई सम्झिंदा ,उहाँ खुशीका साथ प्रकट हुनेकुरा धर्मशास्त्रमा बताइएको छ ।

वर्तका दिन खान सकिने कुराहरु यी हुन् :साउन महिनामा वर्त बस्दा आलू ,दहि आलू, खान सकिन्छ । आलूमा हुने भिटामिन सीले मानिसको छालालाई समेत राम्रो गर्छ। यदि तपाईलाई त्यस दिन वर्त समाप्त भए पश्चात खाना खान मन नभएको खण्डमा आँटाको रोटि बनाई आलूसँग खान सक्नुहुन्छ । व्रतको दिनमा फलफुल र फलफुलको जुस खानाले स्वास्थ्यमा हुने असरलाई न्यून बनाउन सहयोग गर्छ ।

साबदाना को चामल:व्रत बस्दा निराहार बस्दा राम्रो हुने मानिन्छ तर स्वास्थ्यमा समस्या हुनेहरुले भने व्रतको समयमा साबदाना शुद्ध दुध मिलाएर शुद्ध परिकारको रुपमा खान सकिन्छ|व्रतको समयमा फलफुल खान हुने भएता पनि अमिलो प्रकारको फलफुल भने खान नहुने बताइन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here