ट्रिपरले एकजना व्यक्तिलाई ठक्कर दिंदा आक्रोशित स्थानीयले ट्रीपरमा आगजनी गरे |

0
455

साउन ७ काठमाण्डौ । अरनिको राजमार्गस्थित काभ्रेको बनेपा–धुलिखेल सडकखण्ड अवरुद्ध भएको छ । ट्रिपरले एकजना व्यक्तिलाई ठक्कर दिएर गम्भीर घाइते बनाएपछि आक्रोशित स्थानीयले उक्त सडकखण्ड अवरुद्ध पारेका हुन् ।

स्थानीयले ट्रकमा आगजनी समेत गरेका छन् । बा२ख ३९३४ नम्बरको ट्रकले व्यक्तिलाई ठक्कर दिएर घाइते बनाएको हो । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here