‘रातको कुरा’ सार्वजनिक प्रमोद र प्रियंकाले यौन उत्तेजनालाइ यसरी देखाए : हेरौं भिडियो |

0
817

साउन ७ काठमाण्डौ | चलचित्र ‘कथा काठमाण्डु’को हट एण्ड रोमान्टिक गीत ‘रातको कुरा’ सार्वजनिक भएको छ । बहुचर्चित गायिका इन्दिरा जोशीको आवाजमा रहेको ‘रातको कुरा’ मा चलचित्रका मुख्य कलाकार प्रियंका कार्की र प्रमोद अग्रहरीको जोडीलाई अहिलेसम्मकै हट अवतारमा देखाइएको छ । प्रमोद र प्रियंकाको यौन उत्तेजना र आवेगलाई करिब ५ मिनेटको गीतले यर्थाथपरक ढंगले प्रस्तुत गरेको छ ।

नायक प्रदीप बाँस्तोलाको शब्द तथा सङ्गीत रहेको गथीतको भिडियोलाई चलचित्रकी निर्देशक संगीता श्रेष्ठले कोरियोग्राफी गरेकी हुन् । चलचित्रमा लुजा सिंहको छायाङ्कन रहेको छ । तीन फरक कथालाई समेटिएर बनाइएको चलचित्र कथा काठमाण्डुमा प्रियंका र प्रमोदको साथमा आयुष्मान देशराज जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्षा अधिकारीको मुख्य भूमिका रहेको छ भने चलचित्रलाई विजय राईले निर्माण गरेका हुन् । चलचित्र असोज १२ गतेबाट प्रदर्शनमा आउने बताइएको छ । स्रोत ओएस नेपाल |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here