गायिका मेलिना राईको आवाज र दिनेपन राईको उत्कृष्ट शब्दमा रहेको” तिमी कहाँ छौ कहाँ” सार्वजनिक

0
600

गायक तथा संगितकार दिपेन राईको शब्दमा सजिएको”तिमी कहाँ छौ कहाँ”बोलकोगीतमा गायिका मेलिना राईले आवाजले जादु छरेकी छिन्। राईले यो गीत पूर्वाञ्चल डिजिटल रेकर्डिङ्ग स्टुडियो इटहरी र श्रद्वा डिजिटल रेकडिङ्ग स्टुडियो काठमाण्डौमा गीत तरेकर्ड गराएकी हुन्।

गीतको भिडियो पनि मनोरञ्जन नेपाल म यु ट्युव च्यानल मार्फत श्रावण ३ गते बिहिबार सार्वजनिक गरिएको थियो। भिडियोलाई द:बज् क्रियसन इटहरीका रिकेश बज्राचार्यले म्युजिक एरेन्जर कुन्दन राईको निर्देशनमा उदयपुरको मैनामैनीका बिभिन्न आकर्षक पर्यटकीय क्षेत्रमा छायांकन गरेका छन्।

गीतमा मोडल कमला राईको बास्तबिक जीवनकथा समेटिएको र राई आँफैले भिडियोमा अभिनय गरेकी छन्। भिडियोमा राईलाई राजेन्द्र थापा, सपना राई, गणेश रिजाल एवं बालकलाकार अमन राईले अभिनय गरेका छन्।हेर्नुहोस भिडियो :

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here