फिल्म पाएपछि मौनी रोयको बढ्यो भाउ, भिडियोमा हेर्नुहोस् क्यामेरा पर्सनलाई यसरी  थर्काइन्

0
546

मुम्बइ। टिभीकी नागिन मौनी रोयले अब बलिउडमा पुगेकी छिन् । उनले अक्षय कुमारको फिल्म गोल्डबाट डेब्यू गरिन् । फिल्म रिलिज हुन बाँकी नै छ तर मौनीको चर्चा भने चुलिएको छ । हालै उनी एक कार्यक्रममा पुगेकी छिन् । यहाँ उनले मनीष मल्होत्राको डिजाइनको गाउन लगाएकी थियन् । मौनी कार्यक्रममा पुगेपछि क्यामेरापर्सनले उनको फोटो खिच्न थाले ।

त्यसपछि केही मिडियाकर्मीले मौनीको बाइट लिन चाहे । मौनी बाइट दिन गइरहेकी थिइन् यत्तिकैमा उनलाई लाग्यो कि कसैले उनको फोटो खिचेको छ । तत्कालै उनले क्यामेरापर्सनलाई थर्काइन् । उनले भनिन् ‘यो फोटो पोस्ट नगर्नू । म बोलिरहेकी छु र तपाइहरु फोटो खिचिरहनुभएको छ ।’ जब फोटो खिच्न बन्द भयो त्यसपछि बल्ला मौनी बोलिन् । मौनी बलिउड डेब्यू गरेसँगै उनको हातमा थुप्रै फिल्महरु छन् । समाचारअनुसार मौनी गोल्डपछि ब्रह्मास्त्र, दबंग ३, मेड इन चाइना र रोमियो अकबर वाल्टरमा काम गर्दैछिन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here