दाहाल र ओलीले विपक्षी कांग्रेसले लाशमाथि राजनीति गर्न खोजेको आरोप लगाए।

0
513

साउन ८ काठमाण्डौ | प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालले डा। गोविन्द केसी राजनीतिक स्वार्थको शिकार बनिरहेको आरोप लगाएका छन्। डा। केसीलाई प्रमुख प्रतिपक्षी कांग्रेसले राजनीतिक हतियार बनाएर वार्ता गर्ने प्रक्रियामा समेत अवरोध पुर्‍याइरहेको उनीहरूले बताए।

‘वार्ता पनि विधि र प्रक्रियाबाट हुन्छ तर यहाँ यस्तो हुन सकिरहेको छैन। तैपनि हामी भनिरहेका छैन। तैपनि हामी भनिरहेका छौँ, आउनुस् वार्ता गरौँ,’ कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलालको ४०औं स्मृति दिवसका अवसरमा सोमबार राजधानीमाआयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘ठूल्ठूला युद्धको निकास त वार्ता र संवादबाटै भएको छ।’

उनले चिकित्सा क्षेत्र सुधारका लागि सरकार बहस गर्न तयार रहेको तर हठ मान्य नहुने बताए। दाहालले पनि विपक्षी कांग्रेसले लाशमाथि राजनीति गर्न खोजेको आरोप लगाए।कान्तिपुरमा खबर छ ।

लोकतान्त्रिक भन्ने कांग्रेसको सरकारकै बेला केसी सबैभन्दा बढी अनशन बसेको उल्लेख गर्दै उनले त्यतिबेला के हेरेको भन्दै प्रश्न गरे। ‘अहिले त गोविन्द केसी समाजले पचाइसकेको छ। उहाँ अनशन बसिराख्नुहुन्छ’, दाहालले भने।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here