दुर्गा र जुनाको नयाँ शैलीको तीज गीत ”आउनु सानु घुम्नलाई गाँउ मेरो” सार्वजनिक

0
726

 

आफ्नै रचनामा  गीतहरु तयारी पार्दै आएका निर्देशक दुर्गा बिरहीको ”आउनु सानु घुम्नलाई गाँउ मेरो” बोलको नयाँ गीत सार्वजनिक भएको छ ।

दुर्गा बिरहीको शब्द तथा लय रहेको  गीतमा दुर्गा बिरही र जुना श्रीसको आवाज रहेको छ । आत्म बिस्वास फिल्मस् प्रालीले निर्माण गरेको  भिडियोलाई मौसम हिमालीले निर्देशन गरेका हुन् ।

बाशु बरालले छायांकन गरेको भिडियोमा प्रकाश सपूत, रीना थापा मगर ,नुना आर्यन,नवीन पुन र हास्यकलाकार सन्तोष मगरातीले अभिनय गरेका छन् । दुर्गा बिरहीका आफ्नै लय ,शब्द र स्वरमा यसअघि भत्किएको घर,सेक्सी देखिन्छौ,तिमी बस्ने मुटु,मायाको अमृत पिउन देउ,पर्देशीको पिडा,चेलिको बिचल्ली,मिलन हुदा,यति धेरै सानूको माया,काठमाडौं झरियो,भन्छौ सानू के छ् खबर बोलका गीतहरु बजारमा आईसकेका छन् ।

आत्म बिस्वास फिल्मस् प्रा.लि.को प्रस्तुति दुर्गा बिरहीको आउनु सानू घुम्नलाइ गाउँ मेरो……..(भिडियो हेर्नुहोस)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here