कसैको पनि बायोपिक फिल्म नखेल्ने बताएका छन् : साउथ फिल्मका स्टार राम चरण |

0
320

साउन ८ काठमाण्डौ | हाल बलिवुड फिल्ममा कलाकारहरुको बायोपिक बन्ने प्रचलन चलिरहेको छ । एक पछि गर्दै बयोपिक फिल्म बनिरहेको छ तर यस बिषयमा साउथ फिल्मका स्टार राम चरणले आफु भने कसैको पनि बायोपिक फिल्म नखेल्ने बताएका छन् ।

राम चरणले ‘मगाधिरा’ , ‘येभादु’ लगाएत दर्जनौं सुपरहिट फिल्म दिईसकेका छन् । तर उनले केहि दिन अघि मात्र एउटा यस्तो खुलासा गरेका छन् कि उनि बायोपिक फिल्ममा काम गर्ने सोचमा कहिल्यै छैनन् । रणबिर कपूर अभिनित संजय दत्तको बायोपिक ‘संजु’ले राम्रो ब्यापार गरिरहँदा उनले यस्तो भनेका छन् । उनले यस्तो भन्नुको पछाडी पनि एउटा कारण रहेको छ ।

तेलेगु सुपरस्टार राम चरणका अनुसार बायोपिक फिल्महरु अरु फिल्म जस्तो हुदैनन् । यसको लागि धेरै अध्यन गर्नु पर्दछ । ‘कसैको जीवनको सत्य कथालाइ जस्ताको तस्तै पर्दामा ल्याउनु सहज कुरा हैन’ उनि भन्छन् ‘ त्यसैले म अहिले कुनैपनि बायोपिकमा काम गर्ने सोंचमा छैन ‘। स्रोत FilmyBuzz .Net |

तर बायोपिक फिल्महरु भने हेर्ने गरेको राम चरण बताउछन् । ‘संजु’को ट्रेलर हेरेका उनले ट्रेलरमा रणबिर कपूरको अभिनय भने आफुलाई मन परेको बताएका थिए ।

Nepali/hindi Mashup song

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here