धान रोपाइँ ९५ प्रतिशत

0
444

भीमदत्तनगर, ८ साउन। प्रदेश नं ७ मा ९५.५ प्रतिशत धान रोपाइँ सकिएको छ । यहाँको नौ वटै जिल्लामा गरी कूल एक लाख ७६ हजार ९८६ हेक्टर क्षेत्रफलमा धानखेती हुँदैआएको क्षेत्रीय कृषि निर्देशनालय दिपायल, डोटीले जनाएको छ । क्षेत्रीय कृषि निर्देशनालय दिपायलका प्राविधिक सहायक सरिता पन्तले प्रदेश नं ७ मा एक लाख ६९ हजार ९४ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भइसकेको जानकारी दिनुभयो ।

सबैभन्दा बढी कैलालीमा ७१ हजार २५० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हँुदैआएको छ । कैलालीमा सय प्रतिशत र कञ्चनपुरमा ९९ प्रतिशत धान रोपाइँ सकिएको क्षेत्रीय कृषि निर्देशनालयका प्राविधिक सहायक पन्तले बताउनुभयो । कञ्चनपुरमा ४८ हजार ४५० हेक्टरमा धान रोपाइँ गरिन्छ । सात पहाडी जिल्लामा समेत रोपाइँ सकिन लागेको छ । प्रदेशमै सबैभन्दा बढी धान उत्पादन हुने गरेको उहाँले बताउनुभयो ।यसैगरी प्रदेश नं ७ मा धान रोपाइँ हुने क्षेत्रमध्ये एक लाख ६६ हजार ३२५ हेक्टरमा नियमित सिचाइँ तथा करीब ५३ हजार हेक्टर आशिंक सिञ्चित क्षेत्र रहेको क्षेत्रीय निर्देशनालयले जनाएको छ ।रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here