सौगात र शित्तल ‘ले ल्याए दमदार ‘कुटुमा कुटु’ तीज गीत : भिडियो सहित ।

0
418

साउन ९ काठमाण्डौ । अडियो रेर्कर्डि· देखि नै चर्चामा रहेको पत्रकारद्वय संञ्जय सौगात र शित्तल शर्माको तीज गीत ‘कुटुमा कुटु’ को म्यूजिक भिडियो मंगलबारदेखि बिश्वभर सार्वजनिक भएको छ। शित्तल मिडियाको प्रस्तुती रहेको उक्त गीत शित्तल मिडियाकै अफिसियल यूट्यूब च्यानलबाट सार्वजनिक भएको । गीतमा सौगात र शित्तलको स्वर रहेको छ भने शब्द पनि दुवैजनाले नै कोरेका हुन ।

गीतको थेगो र संगित भने गायक सौगातले बनाएका हुन भने संगित संयोजन भने चर्चित गायत तथा संगितकार तिलक वलीले गरेका हु । म्यूजिक भिडियोलाई पछिल्लो समयमा चर्चित निर्देशक काजिश श्रेष्ठले निर्देशन गरेका हुन भने गीतमा काजिससंगै छमछमी आइडल रबिता मगरले दमदार नृत्य प्रस्तुत गरेका छन् । त्यस्तै म्यूजिक भिडियोमा हास्यकलाकार उज्जवल गिरी दानविरकोपनि आस्य प्रस्तुती देख्न सकिन्छ । म्यूजिक भिडियोलाई बासु बरालले छांयाकन गरेका हुन भने दिपक विष्टले सम्पादन गरेका हुन् ।

शित्तल शर्माले केही दिनअघि मात्रै ख्यातीप्राप्त सर्जक शिव हमाल, गायिका कला सम्सालसंको सहकार्यमा ‘महारानी’ तीजको गीत सार्वजनिक गरिसकेकी छिन् । उनका पानी जहाज, आर्थिक समृद्धि लगायतका एल्वमहरु चर्चामा छन् त्यस्तै सौगातले पनि यस अघि बम्बईको साडी, रसै चाख्नलाई, संगै बसम लगायतका चर्चित एल्वमहरु बजारमा पस्किसकेका छन्
भिडियोको लागि यो लिंक क्लीक गर्नुहोला

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here