सार्वजनिक भयो अहिले सम्मकै उत्कृष्ट तीज गीत (हेर्नुहोस् भिडियो)

0
623

हिन्दू नारीहरुको महान चांड हारितालिका तीज नजिकिँदै गर्दा बजारमा दिनहुँजसो थुप्रै तीज गीतहरु आउने क्रममा फेरि अर्को छुट्टै स्वादको अडियो र भिडियो सहितको तीज गीत “तीजैमा खाने दर”रिलिज भएको छ । मौलिक तिज गीतका बिचमा पछिल्लो समय यसरी विकृति आईरहदा यहि सांगीतिक बजारमा यस्ता कलाकारहरु पनि छन् जसका गित नेपालीको मन मुटुमा बस्न सफल छन् भने नेपाली सांगीतिक बजार तताउने तरखरमा छन् ।

मौलिक तिज गीतको खडेरी लागिरहेको बेला पछिल्लो समय रक्षा म्युजिक प्रालिको प्रस्तुतिमा पाप्ति पौडेलको तिज गित ”तिजैमा खाने दर” को म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रेम सागर पौडेलको शब्द र संगीत रहेको यस गीतको निर्देशन भने बिगत लामो समय देखि यहि नेपाली गित संगीतमा निरन्तर कटिबद्ध रहेका म्युजिक भिडियोलाई नयाँपन दिदै नेपालि दर्शक स्रोताका रोजाईमा रहेका निर्देशक शिव बिकले गरेका हुन् । सम्पादन मिलन बिकले गरेका हुन् भने छायांकन शम्भु चालिसेको रहेको छ ।

पुस्कर सुनुवारको संगीत सयोजन रहेको यस गीतबाट गीतकार तथा सर्जक प्रेम सागर पौडेल धेरै नै आशाबादी रहेको हामिलाइ जानकारी दिनु भएको छ । आशा छ यो गीतले पनि नेपालि सांगीतिक बजारमा राम्रै प्रभाब पार्ने छ । करिश्मा ढकाल र दिपासा बिसिको दमदार अभिनय रहेको यस गीतको म्युजिक भिडियोलाई बजार व्यवस्थापन तथा वितरण भने रक्षा म्युजिक प्रा.लिको युटुब च्यानलबाट सार्वजनिक भएको छ ।यो भिडियो हेर्नुहोस् अनि प्रतिक्रियादिनु होस् :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here